अ
+
अ
अ
-
काठमाडौँ – त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु भएपछि उनका आफन्तसहितले वीर अस्पतालअगाडि प्रदर्शन गरेका छन्।
बिहीबार राहदानी विभागअगाडि मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले ह्वीललक गरेपछि नेपालीले आत्मदाहको प्रयास गरेका थिए। पछि उनलाई वीर अस्पताल पुर्याएको थियो।
भेन्टिलेटरमा उपचाररत नेपालीलाई शुक्रबार बिहान चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्युपछि आफन्तहरूले राज्यको लापरबाहीको कारण उनको मृत्यु भएको आरोप लगाएका छन्।
उनीहरुले कीर्तिपुरस्थित बर्न अस्पताल लग्नुको सट्टा वीर अस्पतालमा भर्ना गरेर मर्न बाध्य पारेको आरोप लगाएका छन्।
भर्खरै
लोकप्रिय
