नेप्सेमा झिनो अंकको गिरावट

नेप्सेमा झिनो अंकको गिरावट
+
-

काठमाडौँ – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव १३ अङ्कले ओरालो लागेर दुई हजार ६ सय दशमलव ६८ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५८ अङ्कले ओरालो लागेर चार सय ५३ दशमलव ६० मा पुगेको छ। त्यस्तै, फ्लोट सूचक शूल्य दशमलव १५ अङ्कले एक सय ७८ दशमलव ५२ मा पुगेको छ।

त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव १९ अङ्कले घटेर एक सय ५३ दशमलव ४७ मा पुगेको छ। आज विभिन्न कम्पनीका एक करोड छ लाख ६० हजार ५३७ कित्ता सेयर रु छ अर्ब ८६ करोड सात लाख १८ हजार ६५८ मूल्यमा खरिदबिक्री भएको छ।

आज १३ उपसमूहमध्ये सात उपसमूहको मूल्य घट्यो भने ६ उपसमूहको मूल्य बढ्यो। आज १२० कम्पनीको सेयर बढ्यो भने १३५ कम्पनीको सेयर घट्यो।

नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कुमारी इक्युटी फण्ड, कलङ्गा हाइड्रो कम्पनीका लगानीकर्ताले कमाएका छन् भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआइबिएल स्टेवल फन्ड र सिटिजन बैंक डिबेञ्चरलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…