बाढी पसेपछि के भन्छन् सुकुम्वासी?

बाढी पसेपछि के भन्छन् सुकुम्वासी?
+
-
देशसञ्चार AI सारांश
  • कीर्तिपुरको होल्डिङ सेन्टरमा अचानक बाढी पसेपछि बालबालिका, वृद्धवृद्धा र बिरामीहरू थप जोखिममा परेका छन्।
  • बाढीका कारण पीडितहरुले आफैंले ज्यान जोगाउनुपरेको र दैनिक उपभोग्य सामग्री नष्ट भएको बताएका छन्।
  • प्रभावितहरूका लागि खाना, सुत्नका लागि डस्ना, ब्ल्याङ्केट र स्वास्थ्य सेवाको प्रवन्ध भइरहेको छ।

काठमाडौँ– काठमाडौँका सुकुम्वासीहरूलाई स्थानान्तरण गरी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरूको बिचल्ली भएको छ।

१५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने सरकारी प्रतिवद्धता गरेको सरकारले स्थायी व्यवस्थापन त गर्न सकेको छैन नै अस्थायीरुपमा राखिएको होल्डिङ सेन्टरसमेत सुरक्षित छैन।

मध्यरात करिब १२ः४० बजेबाट कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पस्न सुरु गरेको थियो। अचानक बाढी पसेपछि यहाँ रहेका बालबालिका, वृद्धवृद्धा र बिरामीहरू थप जोखिममा परेका छन्। पीडित दलमर्दन कामीले खाजा भनेर एउटा मिठाइ दिने काम मात्रै गरेको बताए।

आफैँ बसेको स्थानमा जान पनि पीडितहरुलाई नदिइएको गुनासो उनले गरेका छन्। ‘यो खालको बर्बरता कहिलेसम्म ? हामी अब मर्ने बेला भइसक्यो। हाम फाल्ने बेला भइसक्यो नदीमा। निमोनिय, मिर्गौलाका रोगी आमा, दिदिबहिनीहरु हुनुहुन्छ। आफन्तहरुलाई भेट्न दिइरहेको छैन ’,  उनले भने।

कान्छीमाया घलानकाअनुसार सुतिरहेको अवस्थामा अचानक पानी पसेपछि लुगाफाटो र खाद्यान्न जोगाउन समेत मुस्किल परेको थियो। बाढीका कारण धेरैजसोको ओढ्ने–ओछ्याउने र दैनिक उपभोग्य सामग्रीहरू पूर्ण रूपमा भिजेर नष्ट भएका छन्।

उनले बाढी पसेपछि छाता र हातमा भएको मोबाइल बाहेक अरु सामान उठाउन नसकेको बताइन्। तीन बजेमात्रै सुरक्षाकर्मीहरु उद्धारका लागि सेन्टरमा आएको उनले जानकारी दिइन्।

यस्तै डम्बर तामाङले बाढी पसेर आफूहरूको बिचल्ली हुँदा पनि सुरक्षाकर्मी समयमै उद्धारका लागि नआएको बताए। चप्पल नभएकाले लबच्चाहरु खालि खुट्टै हिँड्नुपरेको उनको भनाइ छ। ‘सामान निकाल्न समेत पाइएन, सबै हिलोले पुरियो। सुरक्षाकर्मीहरू उद्धारका लागि समयमा आइपुगेनन्, हामी आफैँले ज्यान जोगायौँ’, उनले भने।

सेन्टरमा मुटु रोगी, मिर्गौलाका बिरामी र दमका रोगीहरू समेत रहेकाले चिसो र ओसिलो वातावरणका कारण उनीहरूको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। बस्तीका बासिन्दाहरूले सरकारले आफूहरूलाई आश्वासन दिएर अलपत्र पारेको आरोप लगाएका छन्।

उनीहरूकाअनुसार १५ दिनको लागि भनेर ल्याइएको भएपनि तीन महिनासम्म कुनै ठोस व्यवस्थापन गरिएको छैन। सुरक्षाकर्मीहरूले समेत आफूहरूलाई बाहिर निस्कन अवरोध गरेको र अमानवीय व्यवहार देखाएको उनीहरूको गुनासो छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ओजश्वीराज थापाले व्यवस्थापनमा केही प्राविधिक कमजोरी भएको स्वीकार गरे। उनले हाल प्रभावितहरूका लागि खाना, सुत्नका लागि डस्ना, ब्ल्याङ्केट र स्वास्थ्य सेवाको प्रवन्ध भइरहेको बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…