अ
+
अ
अ
-
काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन थापाको निवासमा पनि शंकास्पद् गाडी राखिएको छ। सोमबार रातोपुलस्थित निवास अगाडि बिएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको छ।
गाडी कसले राख्यो भन्ने खुलेको छैन। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले गाडी राखिएको पुष्टि गर्दै सुरक्षा जोखिमबारे अध्ययन भइरहेको जानकारी दिए।
यसअघि कान्तिपुर, अनलाइनखबर, हिमालय टीभी र अनामनगरको भाटभटेनी अगाडी पनि शंकास्पद गाडी राखिएको थियो। ती गाडीलाई क्रेनबाट उठाएर उपत्यका ट्राफिक प्रहरी कार्यालय लगिएको छ।
भर्खरै
लोकप्रिय
