- सांसद ठगुन्नाले मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैलाउने व्यक्तिमाथि कडा कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्।
- त्रास फैलाउने गतिविधिलाई पञ्चायतकालीन राज्य आतंकसँग तुलना गर्दै ठगुन्नाले यस्ता कार्य देशहितमा नभएको बताए।
- उनले गरिब नागरिकको स्वास्थ्य उपचारमा सरकार गम्भीर नभएको आरोप लगाउँदै सुकुम्बासीमाथि अमानवीय व्यवहारको आलोचना गरे।
काठमाडौँ- प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद सांसद गणेशसिंह ठगुन्नाले मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने कार्यमा संलग्नहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विभिन्न मिडिया र राजनीतिक नेतृत्वको घरमा सवारी साधन तेस्र्याएर मानसिक त्रास फैल्याउने गतिविधिमा संलग्नमाथि सरकारले तत्काल कडा कारबाही गर्नुपर्ने बताएका हुन्।
सांसद ठगुन्नाले राजनीतिक नेतृत्व र मिडियामाथि त्रास फैल्याउने उक्त गतिविधिलाई पञ्चायतकालीन मण्डले तन्त्रले फैल्याएको राज्य आतंकको रुपमा चित्रण गर्दै यस्ता खालका सांकेतिक गतिविधि देशको हितमा नभएको पनि स्पष्ट पारे। उनले सरकार नागरिकको स्वास्थ्य उपचारमा गम्भिर नभएको आरोप पनि लगाए।
‘यो सरकार गरिव नागरिकको उपचारप्रति जिम्मेवारी छैन भन्ने स्पष्ट हुन्छ। हिजो मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको घरमा सवारी साधन तेस्र्याएर मानसिक त्रास फैल्याउने जुन काम भएको छ। हेर्दा यो सांकेतिक रुपको सानो घटना भएपनि यसको संकेत पञ्चायतकालीन मण्डले तन्त्रले फैल्याएको राज्य आतंकको झझल्कोको रुपमा हामीलाई याद आउँछ। यसर्थ सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिक कडा कारबाही गर्नु पर्दछ,’ उनले भने।
त्यस अवसरमा सांसद ठगुन्नाले सुकुम्बासीमाथि सरकारले अमानवीय व्यवहार गरिरहेको उल्लेख गर्दै आपत्ति समेत जनाए। उनले प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रहित विरोधी गतिविधि’ सच्याउनुको विकल्प नरहेको पनि बताएका छन्।
भर्खरै
लोकप्रिय
