- सांसद् ज्ञानेन्द्र शाहीले सरकार र सांसद्हरूको दिशाहीन प्रथालाई लिएर कडा टिप्पणी गरेका छन्।
- उनले गणेश नेपालीको हत्यामा सरकारको रवैया मानवीय जीवनभन्दा नियमलाई प्राथमिकता दिएको आरोप लगाए।
- उनले नागरिकको बाँच्ने आधार खोस्नु र आत्महत्या उक्साउनु गोली हाने सरहको अपराध ठहर गरे।
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् ज्ञानेन्द्र शाहीले हिजो सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो भन्नेहरूले नै आज मान्छेको जीवनभन्दा नियम ठूलो भन्ने गरेको टिप्पणी गरेका छन्।
जारी प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् शाहीले वर्तमान सरकार र सांसद्लाई सक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लगायतका अहिलेका केही सांसद्ले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोनको घटनालाई जोड्दै गरेका टिप्पणीलाई जोड्दै शाहीले यस्तो बताएका हुन्।
आत्मदाहको प्रयासपछि उपचारका क्रममा वीर अस्पतालमा निधन भएका मुगुका गणेश नेपालीको घटनालाई लक्षित गर्दै सांसद् शाहीले तत्कालीन सरकारलाई ‘हत्यारा’ भन्ने उनै मन्त्री सांसद्हरूले यतिबेला भने मान्छेको ज्यानभन्दा नियमलाई प्राथमिकता दिएको जिकिर गरेका छन्।
उनले भने,‘सबैलाई साक्षी राखेर म भन्छु। हिजो सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो भन्नेहरू आज मान्छेको जीवनभन्दा नियम ठूलो भन्दैछन्। म स्पस्ट रुपमा भन्न चाहान्छु मान्छेको जीवन समाप्त गर्नेहरू हिजो पनि हत्यारा थिए। आज पनि हत्यारा हुन्। मान्छेको हत्या केवल गोली हानेर हुँदैन। कुनै नागरिकको बाच्ने आधार खोसेर। उसको रोजिरोटी बन्द गरेर। उसलाई निराशाको यस्तो अवस्थामा पुर्याउनु कि ऊ आत्माहत्य गर्न बाध्य होस्। यो गतिविधि पनि गोली हाने सरहको अपराध हो।’
भर्खरै
लोकप्रिय
