काठमाडौँ- रास्वपाकी सांसद् रिमा विश्वकर्माले नागरिकले न्याय पाउन आत्मदाहको प्रयास गर्नुपर्ने अवस्था आएको हो भनी सरकारलाई प्रश्न गरेकी छन्।
सत्ताधारी दल रास्वपाकै सांसद् रहेकी उनले ट्रक साहित्य सुनाउँदै सरकारले हतार गरेको भन्दै यसो नगर्न सुझाब दिएकी हुन्।
उनले भनिन्,’देशभर बढ्दै गएका आत्मदाहप्रयासका घटनाहरूले नागरिकको मानसिक स्वास्थ्यसँगै केही गम्भीर प्रश्न खडा गरिदिएको छ। नीति सुधारको दैडमा रहेको हाम्रो सरकार कतै हतार त गरिरहेको छैन। जसका लागि कानुन बनाउँदै छौँ कतै उनीहरू नै त्यसको मारमा त परिरहेका छैनन्? के साच्चै नागरिकले आफ्नो पीडा सुनाउन, न्याय पाउन यस्तो आत्माघाती प्रयास गर्नुपर्ने अवस्था आएको हो?’
उनले सरकार कानुन बनाउने कुरामा तीब्र गतिमा अगाडि बढ्दा यसको मारमा परेका आम नगरिकबारे पनि सरकार सचेत रहनुपर्नेमा जोड दिएकी छन्।
‘एकस्प्रेस वेएमा तीब्र गतिमा अघि बढेको सरकारलाई म एउटा ट्रक साहित्य सम्झाउन चाहनान्छु- हतार गरे भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ’ ट्रक साहित्य सुनाउँदै उनी सुझाउँछिन्।
भर्खरै
लोकप्रिय
