माजिद अन्सारीको पक्राउबारे के भन्छ प्रहरी?

माजिद अन्सारीको पक्राउबारे के भन्छ प्रहरी?
+
-
देशसञ्चार AI सारांश
  • प्रहरीले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट पक्राउ परेका माजिद अन्सारीलाई शनिबार नै छाडिएको दाबी गरेको छ।

  • अन्सारीले गैरकानुनी थुनामा राखिएको भन्दै नागरिक समाज र मानव अधिकार रक्षकहरूलाई सहयोगको अपील गरेका थिए।

  • माजिद अहिले उपचाररत छन्, र अस्पतालले मंगलबार साँझसम्म डिस्चार्ज गर्ने जानकारी दिएको छ।

काठमाडौँ– कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट पक्राउ परेका जेनजी अभियान्ता माजिद अन्सारीलाई शनिबार (असार २७ गते) नै छाडिएको प्रहरीले दाबी गरेको छ।

देशसञ्चारसँग कुरा गर्दै काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेले अन्सारीलाई शनिबार नै छाडेको दाबी गरेका हुन्। ‘हामीले तीनै जनालाई शनिबार रिलिज गरेका हौँ। उहाँ (माजिद) उपचार गराउने भन्दै अस्पताल जानुभएको हो। अझै घर नजानु भएको विषय थाहा भएन’, घिमिरेले भने।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि शनिबार बिचल्लीमा परेका सुकुम्बासीको अवस्थाबारे बुझ्न गएका अन्सारीसहित प्रहरीले जेनजी अभियान्ता सरिस्मा थापा र भूमि आयोगका पूर्वउपाध्यक्ष तथा नेकपा नेता नहेन्द्र खड्कालाई पक्राउ गरेको थियो।

थापा र खड्का पक्राउ परेको साँझ छुटेका थिए भने अन्सारी त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि पुगेका थिए। अन्सारीले नै सोमबार सामाजिक सञ्जालबाट आफूलाई नछाडिएको र पक्राउ पूर्जी पनि नदिएको भन्दै आफ्नो जीवन रक्षा गर्न माग गरेका थिए।

उनले गैरकानुनी थुनामा राखिएको भन्दै नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदायहरू तथा सबै मानव अधिकार रक्षकहरूलाई जीवन रक्षाका लागि माग गरेका थिए।

त्यसपछि सांसदहरूले र मानव अधिकारकर्मीहरूले उनलाई गैरकानुनी हिरासतमा राखिएको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। माजिदका भाई आशिष केसरीले सोमबार दिउँसो करिब १२ बजेसम्म प्रहरीले निगरानी गरेको बताए।

‘अहिले त प्रहरी छैन। हिजो ११-१२ बजेसम्म प्रहरीले छाडेको थिएन’, मंगलबार देशसञ्चारसँगको कुराकानीमा उनले भने।

केसरीकाअनुसार माजिद अहिले पनि राम्रोसँग बोल्न सक्दैनन्। अस्पतालले मंगलबार साँझसम्म उपचार चल्ने र त्यसपछि डिस्चार्ज गर्ने जानकारी गराएको केसरीले बताए।

‘अस्पतालले साँझसम्म डिस्चार्ज गर्ने भनेको छ। तर दाईलाई अहिले पनि राम्रोसँग बोल्न मिलिरहेको छैन। टाउको, अनुहारमा चोट छ’, उनले भने।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…