प्रधानमन्त्री शाह र सभापति लामिछानेले संसदीय मर्यादा उल्लंघन गरे

प्रधानमन्त्री शाह र सभापति लामिछानेले संसदीय मर्यादा उल्लंघन गरे
+
-

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले संसदीय मर्यादाको उल्लंघन गरेका छन्।

मंगलबार दुवै जना एकसाथ आकस्मिक रुपमा संसदमा उपस्थित भए पनि प्रतिनिधिसभा नियमावली र संसदीय मर्यादाको ख्याल शाह र लामिछानेले नगरेका हुन्।

संसदमा कुनै सदस्यले बोलिरहेको अवस्थामा उसको अगाडिबाट हिड्न नहुने भए पनि राप्रपा सांसद खुश्बु ओली बालिरहँदा लामिछाने र शाह बैठक कक्षमा प्रवेश गरेका हुन्।

प्रतिनिधिसभा नियमावली २०८३ को नियम २० (छ) अनुसार बोलिरहेको सदस्य र सभामुखको बीचबाट हिड्न नहुने उल्लेख छ।

जसमा भनिएको छ, ‘सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने।’

तर संसदको नेतासमेत मानिने प्रधानमन्त्री शाहले बैठकमा पालना गर्नुपर्ने न्युनतम मर्यादा पनि पालना नगरेको भन्दै एमाले प्रमुख सचेतक ऐन महरले आपत्ति जनाए। तर सभामुख अर्यालले त्यसलाई सुनेको नसुन्यै गरे।

प्रधानमन्त्री शाह जेठ १७ गतेपछि पहिलोपटक संसदमा पुगेका हुन्। नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएर संसदबाट हिँडेका शाह त्यसपछि सदनमा गएका थिएनन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…