काठमाडौं- काठमाडौंमा रहेका विभिन्न मिडिया हाउस तथा अन्य स्थानअगाडि आवागमन अवरोध हुने गरी बेवारिसे छाडिएका पाँचवटै गाडीहरू ट्राफिक प्रहरीले कुनै कारबाहीबिना फिर्ता गरेको छ। ट्राफिक प्रहरीले सोमबार राति नै साँचो लिएर आउने व्यक्तिहरुलाई ती गाडीहरूलाई बिना कुनै अभिलेख फिर्ता गरेको हो।
उपत्यका ट्राफिकले ती गाडीधनीहरूलाई बिना कुनै जरिवाना र बिना कुनै रेकर्ड छाडिदिएको छ।
ती गाडीहरू बिनाकारबाही छाड्न गृह मन्त्रालयले दबाब दिएको ट्राफिक अधिकारीले दाबी गरेका छन्।
सवारी धनी खुलिसकेका ती गाडीहरू लिन साँचो लिएर चालकहरू आएका थिए। ट्राफिक प्रहरीले बिनाकुनै जरिवाना ती गाडी चालकहरूको जिम्मा लगाएको हो।
शंकास्पद तरिकाले राखिएका सवारी साधनहरूमध्ये कान्तिपुर अगाडि राखिएको गाडी रास्वपाका नेता रवि जयसवालको थियो भने गगन थापाकझ घरअगाडि राखिएको गाडी कुमारप्रसाद अर्यालको नामा थियो।
भर्खरै
लोकप्रिय
