अ
+
अ
अ
-
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन्।
उनले मंगलबार संघीय संसद्बाट पारित आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानुनी बाटो खुलेको छ।
भर्खरै
लोकप्रिय
