अ
+
अ
अ
-
काठमाडौँ– उखु किसानको २२ करोड भन्दा बढी रकम नदिएको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई जना सञ्चालक पक्राउ परेक छन्।
पक्राउ पर्नेमा पश्चिम नवलपरासी, रामग्राम नगरपालिका–२ बस्ने शैलेन्द्र गुप्ता र सर्लाही, हरिपुर नगरपालिका–१ घर भई हाल पश्चिम नवलपरासी बस्ने विनोद साह कलवार रहेका छन्।
गुप्तालाई पश्चिम नवलपरासी प्रहरीको सहयोगमा गाउँबाटै पक्राउ गरिएको र कलवारलाई सर्लाहीबाट नै पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिए।
उनकाअनुसार दुवै जना हप्ता दिनअघि असार २४ गते पक्राउ परेका हुन्।
उखु किसानलाई लामो समयदेखि करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोप उनीहरूमाथि रहेको छ।
भर्खरै
लोकप्रिय
