प्रहरीले दिएको यातनाबारे माजिद अन्सारीले के भने?

प्रहरीले दिएको यातनाबारे माजिद अन्सारीले के भने?
+
-
देशसञ्चार AI सारांश
  • सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै माजिद अन्सारीले कानुनी लडाइँ लड्ने घोषणा गरेका छन्।
  • १२ जुलाई २०२६ मा अन्सारी बाढी प्रभावित भूमिहीन परिवारको सहयोगका लागि कीर्तिपुर पुगेका थिए।
  • अस्पतालबाट डिस्चार्ज भएपछि अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको लडाइँमा समर्थन दिने संस्थाहरूलाई धन्यवाद व्यक्त गरे।

काठमाडौँ — कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीहरूको मानवीय व्यवस्थापनका लागि पुगेका बेला प्रहरी नियन्त्रणमा परेका जेनजी आन्दोलनका अभियन्ता माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अस्पतालबाट डिस्चार्ज भएलगत्तै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफूमाथि भएको नियोजित घेराबन्दी र चरम यातना विरुद्ध कानुनी लडाइँ लड्ने घोषणा गरेका हुन् ।

गत असार २७ गते शनिबार (१२ जुलाई २०२६) का दिन कीर्तिपुर नगरपालिका-१० सुन्दरीघाटस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि प्रभावित बनेका भूमिहीन परिवारको सहयोगका लागि अन्सारी आफ्ना साथीहरूसहित त्यहाँ पुगेका थिए ।

सोही क्रममा नेपाल प्रहरीले एक गैर-निर्वाचित व्यक्तिको आदेशमा आफू र आफ्ना साथीहरूलाई चारैतिरबाट घेरा हाली अमर्यादित राजनीतिक भाषा प्रयोग गर्दै कुटपिट गरेको उनले आरोप लगाएका छन् । क्यामेराले नदेख्ने गरी करिब १०–१२ जना प्रहरीले लछारपछार गर्दै गम्भीर घाइते बनाएको र गैरकानुनी रूपमा बन्दी बनाएको उनले उल्लेख गरेका छन् ।

कीर्तिपुर प्रहरी वृत्तमा रहँदा चोटका कारण स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल हुँदै महाराजगञ्जस्थित त्रि.बि. शिक्षण अस्पताल (टिचिङ) लगिएको थियो । उपचारका क्रममा समेत गृह मन्त्रालय र नेपाल प्रहरीको प्रत्यक्ष निगरानी र “माथिको आदेश” भन्दै मेडिकल हिस्ट्रीमा ‘प्रहरी कुटपिट’ भन्ने शब्द समेत लेख्न नदिन खोजिएको गम्भीर खुलासा उनले गरेका छन् ।

अस्पतालको क्याबिन भित्रै सादा पोसाकका प्रहरी आएर धम्क्याएको र तत्काल जमानी कागजमा हस्ताक्षर नगरे अभद्र व्यवहारको मुद्दा चलाउने भनी मानसिक तनाव दिएको उनले बताएका छन् ।

शारीरिक तथा मानसिक यातनाका बीच आफ्नो जीवन र स्वतन्त्रताको लडाइँमा साथ दिने वरिष्ठ अधिवक्ता, अधिवक्ता, कानुनी व्यवसायी, प्रतिनिधिसभा सदस्य, नेपाल ल क्याम्पसका सिनियर तथा सहपाठी कानुनका विद्यार्थीहरूप्रति उनले आभार प्रकट गरेका छन् ।

साथै राष्ट्रिय मानव अधिकार आयोग, मधेशी आयोग, मुस्लिम आयोग, एम्नेस्टी इन्टरनेशनल नेपाल, एडभोकेसी फोरम, विभिन्न राजनीतिक दलका नेता, विद्यार्थी आन्दोलनका साथीहरू, नागरिक समाज र विशेष गरी जेनजी पत्रकारहरूसहित सम्पूर्ण सञ्चार क्षेत्रलाई उनले हार्दिक धन्यवाद दिएका छन् ।

हाल चिकित्सकको सल्लाह बमोजिम २-३ दिन पूर्ण रूपमा बेड रेस्टमा रहने जानकारी दिँदै अन्सारीले स्वास्थ्य अवस्था सामान्य भएपछि सार्वजनिक रूपमा प्रस्तुत हुने बताएका छन् ।

आफूमाथि भएको दमन र यातना विरुद्धको आगामी कानुनी लडाइँमा साथ दिन उनले सम्पूर्ण कानुन व्यवसायी, पत्रकार, मानव अधिकार रक्षक तथा नागरिक समाजसँग हार्दिक अपिल समेत गरेका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…