अन्तर्राष्ट्रिय रूपमा फैलँदै छ नेपाली ब्रान्ड ‘केटिएम सिटी’काे प्रभाव

अन्तर्राष्ट्रिय रूपमा फैलँदै छ नेपाली ब्रान्ड ‘केटिएम सिटी’काे प्रभाव
+
-
देशसञ्चार AI सारांश
  • ‘केटिएम सिटी’ ले गुणस्तर, सांस्कृतिक पहिचान, र समुदाय केन्द्रित सोचलाई आत्मसात गर्दै, नेपाली फेसन उद्योगलाई नयाँ उचाइमा पु-याएको छ।
  • विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्दै, यो ब्रान्डले नेपाली खेलकुदको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
  • नेपालभर ४१ आउटलेट र केही विदेशी स्थानहरूमा विस्तार गरेर, ‘केटिएम सिटी’ ले अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनलाई स्थापित गर्दैछ।

काठमाडाैँ – केही दशक अघिसम्म नेपाल र नेपालीको रहनसहन साधारण थियो। नेपालीहरु ‘ब्रान्ड’ भन्दा पनि स्थानीय उत्पादन र साधारण जीवनशैलीमै रमाउँथे। ४० को दशकसम्म लगाउने लुगाफाटाेमा सीमित वर्ग बाहेकलाई ‘ब्रान्ड’ बारे केही जानकारी थिएन।

जाडो होस् या गर्मी, उमेर समूहअनुसार एकै प्रकारका पहिरन देखिन्थे। त्यसबेला आर्थिक पाटो कमजोर हुनुका साथै बजारको पहुँच पनि आजजस्तो थिएन। बजारमा पाइने ज्याकेट, सर्ट, टिसर्ट, जुत्ताजस्ता पहिरन सीमित मात्रामा, उच्च गुणस्तरका र महँगा हुने गर्थे, जुन आमनेपालीको क्रयशक्तिको पहुँचभन्दा निकै बाहिर थिए।

सामान्यतया नेपालीले स्वदेशी उत्पादनका लत्ताकपडा नै प्रयोग गर्थे। बंगलादेश, कोरिया, चीन, भारतका उत्पादन महँगा र सीमित भेराइटीमा मात्र उपलब्ध थिए। बजारमा आउने थान कपडाबाटै आफूलाई आवश्यक पर्ने कपडा सिलाउने चलन थियो। थान कपडामा ब्रान्ड हेरिने चलन नै थिएन भन्दा पनि फरक पर्दैन।

पछिल्लो समय नेपालमा गार्मेन्ट उद्योग फस्टाउँदै गएसँगै नेपालीहरू ब्रान्ड कन्सियस हुन थाले। अन्तर्राष्ट्रिय चर्चित ब्रान्डले आफ्नो छाप छोड्दै जाँदा नेपालमा पनि त्यो लत बस्दै गयो। ब्रान्ड कन्सियस युवा जमातको संख्या ह्वातै बढ्यो। त्यसमा पनि अहिले नेपाली ब्रान्डले नै नेपालीलाई मात्र होइन, विदेशमा पनि आफ्नो वर्चस्व विस्तार गर्दै अघि बढेका छन्। यस्तोमा नेपालको चर्चित ब्रान्डका रुपमा लोकप्रिय बनेको ‘केटिएम सिटी’ ले पछिल्लो समय युवामा राम्रो छाप छाडिरहेको छ।

सन् २०१३ मा काठमाडौंमा ‘शेर्पा आउटडोर स्पोर्ट्स गुड्स इन्डस्ट्रिज’ को विस्तारका रूपमा स्थापित यो ब्रान्डले औसत मूल्यमै विभिन्न डिजाइन र थरीथरीका गुणस्तरीय पहिरन आमनेपालीको पहुँचमा पुर्‍याएको छ। ‘नेपालमा निर्मित’ पहिचानलाई दैनिक फेसन र खेलकुद पोसाकमार्फत स्थापित गर्दै ‘केटिएम सिटी’ हरेक घरका हरेक उमेरको रोजाइमा लोकप्रिय बनेको छ। गुणस्तर, सांस्कृतिक पहिचान र समुदाय केन्द्रित सोचलाई आत्मसात गर्दै यसले नेपाली फेसन उद्योगलाई नयाँ उचाइ दिएको छ।

साधारणदेखि आधुनिक फेसनसम्मको यात्रा

नेपालमा एक समय लवाइखवाइ र जीवनशैली अत्यन्तै साधारण अर्थात् गुजारा गर्नका लागि मात्र मानिन्थ्यो। महँगा र सीमित उत्पादनमा मात्र विदेशी ब्रान्डको पहुँच हुन्थ्यो। बजारमा पाइने ज्याकेट, सर्ट, टिसर्ट, स्वेटरजस्ता पहिरन सीमित मात्रामा र धेरै महँगा हुने गर्थे, जुन आमनेपालीको पहुँचभन्दा बाहिर सीमित मानिसमा केन्द्रित थियो। तर अवस्था फेरिएको छ। त्यो साधारण शैलीबाटै सुरु भएको ‘केटिएम सिटी’ ले अहिले आफ्नो विस्तारको यात्रालाई आधुनिकतासँग जोडेको छ।

उत्पादन भएको २ दशक नहुँदै ‘केटिएम सिटी’ नेपालीहरुको मात्र होइन, विदेशमा पनि स्थापित हुँदै अघि बढेको छ। सन् १९९५ देखि आउटडोर र टेक्सटाइल उत्पादनमा क्रियाशील ‘शेर्पा आउटडोर स्पोर्ट्स गुड्स इन्डस्ट्रिज प्राइभेट लिमिटेड’ को विस्तारित स्वरूपका रुपमा स्थापित उद्योग पर्वतारोहण र बाहिरी कामको अनुभवलाई आधार बनाएर काठमाडौंमा काजी शेर्पाले स्थापना गरेका थिए।

अहिले ‘केटिएम सिटी’ को यो ब्रान्ड सहरी जीवनशैली र खेलकुदका पहिरनमा केन्द्रित छ। संस्थापक र निर्देशक काजी शेर्पा र सिईओ निमा नोरबु शेर्पाको नेतृत्वमा ‘केटिएम सिटी’ ले नेपाली संस्कृति र पहिचानलाई ‘नेपालमा निर्मित’ (मेड इन नेपाल) सँगै गुणस्तरीय सामग्री उत्पादन र वितरण मात्र होइन, पहिलो रोजाइका रुपमा स्थापित हुँदै दीर्घकालीन रुपमै बलो बन्ने लक्ष्य लिएको छ।

गुणस्तर र नेपालीपनको प्रवर्द्धन

‘केटिएम सिटी’ को मुख्य शक्ति यसको गुणस्तर, सांस्कृतिक पहिचान र समुदाय केन्द्रित सोच हो। कम्पनीले अन्तर्राष्ट्रिय स्तरको कपडा उत्पादन गर्ने, नेपालीपनलाई प्रवर्द्धन गर्ने र ग्राहकमैत्री सेवा दिने मूल मान्यतालाई अँगालेको छ। टिसर्ट, पोलो, हुडी, ज्याकेट, ट्र्याकसुटदेखि लिएर विभिन्न खेलकुद ‘फुटबल, क्रिकेट, एमएमए, फिटनेस’ का पोसाक तथा जर्सीसमेत उत्पादन गर्दै यसले दैनिक प्रयोग र खेलकुद दुवैका लागि उपयुक्त कपडा उपलब्ध गराउँछ।

खेलकुदमा राष्ट्रिय साझेदारी

‘केटिएम सिटी’ ले फेसन उद्योगमा मात्र होइन, नेपाली खेलकुदको विकासमा समेत महत्त्वपूर्ण भूमिका खेलेको छ। राष्ट्रिय फुटबल टिमको आधिकारिक किट सप्लायर्सका रूपमा अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेको यो ब्रान्डले हिमालयन शेर्पा क्लब, मनाङ मर्स्याङ्दी क्लबलगायत प्रमुख क्लबहरूलाई पनि मुख्य प्रायोजकको रूपमा सहयोग गरेको छ। यसैगरी, क्रिकेटमा पोखरा राइनोज र विभिन्न मार्सल आर्ट्स (एमएमए) प्रतियोगितामा पनि यसको साझेदारी रहेको छ।

देशभित्र ४१ आउटलेट, विदेशमा विस्तार

नेपाली फेसन ब्रान्डको रूपमा लोकप्रिय बन्दै गएको ‘केटिएम सिटी’ ले नेपालभर ४१ वटा आउटलेटमार्फत आफ्नो सेवा विस्तार गरिसकेको छ। दरबारमार्ग, चक्रपथ, ठमेल, बौद्धलगायत प्रमुख स्थानमा यसका सोरुम छन्। स्वदेशका साथै, भारतका मुस्सोरी, सिक्किम, मनाली र सिलिगुडीजस्ता सहरमा पनि आउटलेट सञ्चालनमा ल्याएर र क्यानडामा समेत सेवा विस्तार गरेर यसले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न तीव्र गतिमा काम गरिरहेको छ। गुणस्तरीय लुगा निर्यात गरेर नेपालको पहिचानलाई अन्तर्राष्ट्रियकरण त गरिरहेको छ नै ! साथमा देशको अर्थतन्त्रमा समेत टेवा पुर्‍याउने यसको उद्देश्य छ।

व्यापारसँगै मानवीय जिम्मेवारी

 

व्यावसायिक सफलताका साथै, (केटिएम सिटी) ले सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्त्व दिएको छ। कम्पनीले ०७२ सालको भूकम्प, कोभिड–१९ महामारीको बेला अग्रपंक्तिमा खटिने नर्सलाई पिपिई सुट वितरण र क्यान्सर सचेतना अभियान (जम्प क्यान्सर च्यारिटी इभेन्ट) जस्ता मानवीय कार्यमा सक्रिय योगदान दिएको छ।

यसरी, ‘केटिएम सिटी’ नेपाली पहिचान बोकेको, फेसन र खेलकुदलाई जोड्दै व्यवसायसँगै मानवता र जिम्मेवारी पनि वहन गर्ने एक उदाहरणीय ब्रान्ड बनेको छ। ग्राहकलाई आकर्षित गर्न यसले ‘विन्टर र समर सेल अफर’ तथा (बाइ वान, गेट वान)जस्ता योजना पनि ल्याएर आफ्ना ग्राहकलाई लोभ्याउने गरेको छ।

समग्रमा केटिएम सिटीले बलियो राष्ट्रिय ब्रान्डको छवि बनाउँदै गर्दा अन्तर्राष्ट्रिय रुपमा विस्तारसँगै नेपाली खेलकुदको एउटा प्रभावशाली सहयात्री बनेर युवाको मन जितेको छ। एउटा उत्कृष्ट नेपाली ब्रान्डका रुपमा फैलिरहेको यो उत्पादनले भविष्यको यात्रा कहाँसम्म पुग्छ त्यो समयले बताउला, वर्तमानमा भने अद्वितीय रुपमा आफूलाई ऊर्जाशील ब्रान्डका रुपमा स्थापित गरिसकेकोमा दुईमत छैन।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…