प्रहरीको उद्रिएको लुगा र खुइलिएको बुट परिवर्तन गर्नुपर्छ: गृहमन्त्री गुरुङ

प्रहरीको उद्रिएको लुगा र खुइलिएको बुट परिवर्तन गर्नुपर्छ: गृहमन्त्री गुरुङ
+
-
देशसञ्चार AI सारांश
  • गृहमन्त्री सुधन गुरुङले प्रहरीको फाटेको लुगा र घटिया बुट परिवर्तन गरी आदरयोग्य बनाउने योजना घोषणा गरे।
  • गुरुङले सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले जिम्मेवारी उत्कृष्टता र निश्चयन साथ निर्वाह गर्ने निर्देशन दिए।
  • प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीको पोसाकको अवस्थाबारे संवेदनशील हुँदै सुधारको आवश्यकता प्रतिविम्बित गरे।

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले प्रहरीको उद्रिएको लुगा र खुइलिएको बुट परिवर्तन गर्नुपर्ने बताएका छन्।

सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्।

‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’

सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको चर्चा गर्दै आगामी दिनमासमेत अझ निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न गृहमन्त्री गुरुङले निर्देशन दिए। प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने समेत उनले उल्लेख गरे।

गृहमन्त्री गुरूङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने बताए।

कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की भावुक पनि भएका थिए। प्रहरीको पोसाक सम्झँदै उनी भावुक भएका हुन्।

‘युनिफम खासगरिकन यो निलो भन्दा पनि कालो बर्दी त्यो धान गोदामको पालेले लाउनेभन्दा राम्रो होस् भन्ने कुरा हो…,’यति भन्दै उनी भावुक भएका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…