अ
+
अ
अ
-
काठमाडौँ- ललितपुरको लगनखेल क्षेत्रमा जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले युवा संघ ललितपुरका अध्यक्ष रामशरण शर्मा बजगाईँलाई पक्राउ गरेको छ।
ललितपुर प्रहरीका अनुसार चैत १५ गते पाटन मानसिक अस्पताल अगाडिको सडकपेटीमा हिँडिरहेका एक जेष्ठ नागरिकमाथि दुर्व्यवहार भएको सूचना प्राप्त भएपछि प्रहरीले उनीमाथि कारबाही अघि बढाएको हो।
गोदावरी नगरपालिका–१० टौखेलका ३० वर्षीय बजगाई (आरबी शर्मा) लाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमा यसबारे लेखेका छन्- ‘हरेक नागरिकलाई कसैले दुःख दिएको छ कि छैन भनेर सरकारले नजिकबाट नियालिरहेको छ। कृपया ध्यान दिनुहोला, कानुनभन्दा माथि कोही पनि छैन।
भर्खरै
लोकप्रिय
