काठमाडौँ– कम्बोडियाबाट थप आठ नेपालीको उद्धार गरिएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियाबाट उद्धार गरी उनीहरूलाई बुधबार नेपाल पठाएको हो।
अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू र क्यासिनोहरूमा अनलाइन ठगिमा परेकाहरूको उद्धार गरिएको दूतावासले जनाएको छ।
उद्धारमा कम्बोडिया सरकारले सहयोग गरेको थियो भने गैरआवासीय नेपाली सङ्घ, कम्बोडियाको सहजीकरण गरेको थियो।
यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको थाइल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ।
कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार पछिल्लो समय सन् २०२१ मा १०१ नेपालीहरु भ्रमण भिसामा कम्बोडिया गएकामा सन् २०२२ मा एक हजार ९७७ जना, सन् २०२३ मा दुई ९४० जना, सन् २०२४ मा छ हजार ४०४ जना तथा सन् २०२५ मा नौ हजार ६७६ नेपालीहरु कम्बोडिया गएको देखिन्छ।
हिजो मंगबालर पनि १२ जना नेपालीको कम्बोडियाबाट उद्धार गरिएको थियो। यसअघि पनि कम्बोडियामा ठगीमा परेका नेपालीहरुको उद्धार हुँदै आएको छ।
भर्खरै
लोकप्रिय
