वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी

वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी
फाइल तस्बिर
+
-

काठमाडौं-  वीर अस्पतालमा कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीले आधा दिनमात्र काम गरेको मानिने निर्णय भएको छ।

वीर अस्पताल  व्यवस्थापन समितिले हाजिरी व्यवस्थापनमा कडाइ गर्दै कार्यालय समयभन्दा ढिलो उपस्थित हुने कर्मचारीको आधा दिन बिदा मानिने निर्णय गरेको हो।

समितिका अनुसार केही कारण ढिलो भए अनिवार्य रूपमा सम्बन्धित विभागमा खबर गर्नुपर्नेछ। कारणवश अनुपस्थित हुनुपरेको अवस्थामा इन्चार्जमार्फत प्रशासनलाई जानकारी गराउन समितिले निर्देशन दिएको छ।

वीर अस्पतालमा कार्यालय समय वैशाख १ गतेदेखि बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म र कात्तिक १५ देखि माघ १५ सम्म बिहान १०ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म कायम गर्न प्रस्ताव गरिएको छ ।

समितिको बैठकले अस्पतालको सेवा प्रवाह सुधार, अनुशासन कायम तथा व्यवस्थापन सुदृढीकरणका लागि विभिन्न निर्णय गरेको छ।  अस्पतालको सरसफाइ तथा अनुशासन सुधार गर्न सरसफाइ (क्लिनिलेन्स अडिट) र हाजिरी (अटेन्डेन्स अडिट) समिति गठन गरिएको छ।

त्यस्तै, वीर अस्पतालले  ‘ओटी’, ‘क्याथ ल्याब’ तथा बेलुकी सत्रमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता दिने भएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…