पाँचथरमा जिप दुर्घटनामा एक जनाको मृत्यु

पाँचथरमा जिप दुर्घटनामा एक जनाको मृत्यु
सांकेतिक तस्बिर।
+
-

पाँचथर – पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

हिलिहाङ गाउँपालिका–५ स्थित बञ्चरेडाँडामा मे १ च ६०२९ नम्बरको पिकअप दुर्घटना हुँदा पिकअप धनी हिलिहाङ–५ का आभास माबोको मृत्यु भएको हो।

मेची राजमार्गको डोपकिलेबाट अम्रिसोको कुचो लिई सुभाङतर्फ गइरहेको पिअकप आज दिउँसो २ः२० बजे घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका २४ वर्षीय माबोलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा चिकित्सकले मृत घोषित गरेका हुन्।

दुर्घटनामा सोही स्थानका सन्दीप उभरकोटी र पिकअप चालक झापा बुद्धशान्ति गाउँपालिका–६ का कृष्णबहादुर बराइली घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए। रासस

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…