आरसीबीको लगातार दोस्रो जितमा चेन्नईको तेस्रो हार

आरसीबीको लगातार दोस्रो जितमा चेन्नईको तेस्रो हार
+
-
देशसञ्चार AI सारांश
  • इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंगलोरुले चेन्नई सुपर किंग्सलाई ४३ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।
  • बेंगलोरले ३ विकेट गुमाएर २ सय ५० रन बनाएको खेलमा टिम डेभिडले ७० रनको योगदान दिए।
  • २ सय ५१ रनको लक्ष्य पछ्याउँदा चेन्नई २ बल बाँकी रहँदा २ सय ७ रनमा अलआउट भयो।

इन्डियन प्रिमियर लिग (आइपिएल)मा साविक च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलोरुले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ। तर अर्को दाबेदार टोलीका रुपमा रहेको चेन्नई सुपर किंग्सले भने लगातार तेस्रो खेलमा हार भोग्नु पर्‍यो। चेन्नई आरसीबीसँग ४३ रनले पराजित भयो।

टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरुले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ५० रन बनाएको थियो। उसका लागि फिल साल्टले ४६ रन बनाउँदा विराट कोहलीले २८ रन बनाए।

त्यस्तै, देवदत पाडिकलले २९ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५० रन बनाउँदा कप्तान रजत पाटीदार ४८ रनमा नटआउट रहे। उनले १९ बलमा १ चौका र ६ छक्का प्रहार गरेका थिए। त्यस्तै टिम डेभिडले २५ बलमा ३ चौका र ८ छक्काको सहयोगमा ७० रन बनाएका थिए।

२ सय ५१ रनको लक्ष्य पछ्याएको चेन्नई २ बल बाँकी हुँदै २ सय ७ रनमा अलआउट भयो। उसका लागि सर्फराज खानले ५० रनको अर्धशतकीय इनिङ खेल्दा प्रशान्त भीरले ४३ रन बनाए। त्यस्तै शिवं दुवेले १८ रन बनाउँदा जेमि ओभर्टनले ३७ रन बनाएका थिए।

त्यस्तै, अंशुल कम्बोजले १९ रन बनाएका थिए। आरसीबीका लागि भुवनेश्वर कुमारले ३ विकेट लिँदा ज्याकब डफि, अभिनन्दन सिंह र कुर्नाल पाण्डेले समान २-२ विकेट लिएका थिए। अर्को एक विकेट सुर्यस शर्माको नाममा रह्यो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…