आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
फाइल तस्बिर ।
+
-

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला २ हजार ६०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँ कायम भएको छ।

गत साता भने सुनको मूल्यमा उतारचढाव देखिएको थियो। आइतबार ५ हजार रुपैयाँले बढेको सुन सोमबार २ हजार ५०० रुपैयाँले घटेको थियो। त्यसपछि मंगलबार ६ हजार ७०० रुपैयाँ र बुधबार ७ हजार ४०० रुपैयाँले वृद्धि भएको थियो। बिहीबार ३ हजार ६०० रुपैयाँले घटेको सुन शुक्रबार भने स्थिर रहेको थियो।

यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ५० रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको छ।

यसअघि माघ १५ गते सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यस दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…