पूँजीबजार सुधारमा तीव्रता दिन सरकारलाई ब्रोकरहरूको आग्रह

पूँजीबजार सुधारमा तीव्रता दिन सरकारलाई ब्रोकरहरूको आग्रह
+
-
देशसञ्चार AI सारांश
  • सिंहदरबारमा भएको भेटमा पूँजीबजार सुधारका लागि सरकार गम्भीर बन्नुपर्ने र पुराना सुझाव तुरुन्त कार्यान्वयन गर्नुपर्ने माग उठाए।
  • भेटका क्रममा बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजीबजारमा सहज प्रवेश र गैरआवासीय नेपालीलाई कारोबारको सुविधा दिनुपर्ने बताए।
  • अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रमैत्री रहेको र अर्थतन्त्र सुधारतर्फ अघि बढिरहेको विश्वास व्यक्त गरे।

काठमाडौँ- शेयर बजारमा निरन्तर उतारचढाव देखिएको अवस्थामा डा. स्वर्णिम वाग्ले र स्टक ब्रोकर एशोसिएशन अफ नेपाल का प्रतिनिधिहरूबीच महत्वपूर्ण भेटवार्ता भएको छ।

सोमबार सिंहदरबारमा भएको उक्त भेटमा एशोसिएशनका पदाधिकारीहरूले पूँजीबजार सुधारका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिहरूले विगतमा गठित विभिन्न कार्यदलहरूले दिएका तर अझै कार्यान्वयनमा नआएका सुझावहरू तुरुन्त लागू गर्न माग गरे। उनीहरूले बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजीबजारमा सहज प्रवेश र बहिर्गमनको व्यवस्था गर्नुपर्ने, शेयर खरिदपछि ६ महिनासम्म बिक्री गर्न नपाइने नियम हटाउनुपर्ने, तथा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सजिलै कारोबार गर्न दिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएका छन्।

यसैगरी, शेयर हस्तान्तरणमा देखिएको समस्या समाधान गर्दै ‘क्लोज आउट’का कारण लगानीकर्ताले जरिवाना तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न र बजारलाई सुरक्षित बनाउन ‘अक्सन मार्केट’ चाँडो सञ्चालन गर्नुपर्ने माग पनि गरिएको छ। २०७५ मा नियमावली र २०७९ मा कार्यविधि बने पनि कार्यान्वयनमा नआएको सेटलमेन्ट ग्यारेन्टी फण्ड तत्काल लागू गर्नुपर्ने विषय पनि उठाइएको छ।

एशोसिएशनले बजेटमार्फत पूँजीगत लाभकरलाई अन्तिम करको रूपमा स्पष्ट गर्न, साथै सरकारी संस्थान र विभिन्न कोषहरूलाई दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाउन आग्रह गरेको छ। पूर्वअध्यक्ष प्रियराज रेग्मी लगायतका प्रतिनिधिहरूले बजारमा गलत हल्ला फैलाएर साना लगानीकर्तालाई त्रसित बनाइएको भन्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

जवाफमा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रमैत्री रहेको स्पष्ट पार्दै अपराध गर्नेहरूलाई कारबाही हुने तर प्रतिशोधको राजनीति नगर्ने नीति रहेको बताएका छन्। उनले नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन सुशासनमा केन्द्रित काम गरिने र आगामी बजेट ऐतिहासिक र रूपान्तरणकारी हुने दाबी गरे।

साथै, शेयर बजारमा फैलिएका अफवाहको पछि नलाग्न आग्रह गर्दै उनले अर्थतन्त्र सुधारतर्फ अघि बढिरहेको र आगामी दिनहरू सकारात्मक हुने विश्वास व्यक्त गरेका छन्।

यो भेटलाई पूँजीबजारका चुनौती समाधान गर्ने र लगानीकर्ताको विश्वास पुनःस्थापित गर्ने दिशामा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ। एशोसिएशनले आफ्ना सुझावहरू कार्यान्वयन गराउन निरन्तर पहल जारी राख्ने जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…