एसइई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ

एसइई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ
+
-

इनरुवा – जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी हरिनगर–६ का २० वर्षीया नुसरत खातुनलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केशव थेबेले खातुनले आफ्नै भाउजू सलमा अजहरको नाममा जारी गरिएको प्रवेशपत्र लिएर परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको हो। पहिलो दिनदेखि नै लगातार परीक्षा दिँदै आएको भए पनि आज नियन्त्रणमा लिएको उनले जानकारी दिए।

भोक्राहा–२ स्थित जामिया इस्लामिया मदरसामा कक्षा १० मा अध्ययनरत सलमा हाल कतारमा रहेको जनाइएको छ। नक्कली परीक्षार्थी बनेर परीक्षा दिनु शिक्षा ऐनविपरीत भएकाले सोहीअनुसार खातुनलाई कारबाही हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए। रासस

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…