इजरायलमा रहेका नेपालीलाई दूतावासको विशेष अनुरोध, सुरक्षित र सतर्क रहन आग्रह

इजरायलमा रहेका नेपालीलाई दूतावासको विशेष अनुरोध, सुरक्षित र सतर्क रहन आग्रह
+
-
देशसञ्चार AI सारांश
  • क्षेत्रमा सुरक्षा चुनौतीलाई ध्यानमा राखी नेपाली राजदूतावासले त्यहाँका नेपाली नागरिकहरूलाई संयमता अपनाउन तथा बसोबासकै स्थानमा सतर्क रहन सुझाव दिएको छ।
  • इजरायल सरकारको निर्देशनअनुसार, अलर्ट म्यासेज वा साइरन आएमा तुरुन्तै नजिकैको बम सेल्टरमा जान र कागजातहरू सँगै राख्न भनिएको छ।
  • दूतावासले दुईजना कुटनीतिक अधिकारीहरूको सम्पर्क नम्बर दिएर, आपतकालीन अवस्थामा साथीभाइ र परिवारसँग सम्पर्कमा रहन अनुरोध गरेको छ।

काठमाडौँ- मध्यपूर्वमा बढ्दो तनाव र युद्धको परिस्थितिलाई मध्यनजर गर्दै इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरूका लागि एक अत्यन्त जरुरी सूचना जारी गरेको छ।

क्षेत्रमा विकसित भइरहेको गम्भीर सुरक्षा चुनौतीलाई ध्यान दिँदै दूतावासले सबै नेपालीहरूलाई संयमता अपनाउन र आफू बसोबास गरिरहेकै स्थानमा सतर्क एवं सुरक्षित रहन अनुरोध गरेको छ।

दूतावासले जारी गरेको निर्देशन अनुसार, नेपाली नागरिकहरूलाई इजरायल सरकारको होम फ्रन्ट कमाण्ड र अन्य आधिकारिक निकायहरूले जारी गरेका सूचना तथा निर्देशनहरू अनिवार्य रूपमा पालना गर्न भनिएको छ।

विशेषगरी, मोबाइलमा अलर्ट म्यासेज आएमा वा साइरन बजेमा हेलचेक्र्याइँ नगरी तुरुन्तै नजिकैको बम सेल्टरमा जान सुझाव दिइएको छ।

साथै, आफ्नो राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र र बैंक कार्ड जस्ता महत्वपूर्ण कागजातहरू सधैं आफूसँगै राख्न पनि सूचित गरिएको छ।

यसका साथै, दूतावासले सामाजिक सञ्जालमा युद्धसम्बन्धी भिडियोहरू अनावश्यक रूपमा सेयर नगर्न, घटनाक्रमको बारेमा नियमित जानकारी राखिराख्न र आफ्ना साथीभाइ तथा परिवारसँग निरन्तर सम्पर्कमा रहन आग्रह गरेको छ।

आपतकालीन अवस्थामा सहयोगका लागि दूतावासले दुईजना कुटनैतिक अधिकारीहरूको सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ।

जसमा द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ (+972 535360748) र तृतीय सचिव सञ्जयकुमार शाह (+972 54 558 2077) रहेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…