काठमाडौँ– सरकारले सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशत बृद्धि गरेपछि दुई जिल्लाभन्दा बढी दूरीमा चल्ने सवारी सधानको भाडा दर बृद्धि भएको छ।
जसअनुसार काठमाडौँ-पोखराको भाडा दर ७६१ पुगेको छ। यसअघि काठमाडौँ-पोखरा ६५२ रहेको थियो। नर्मल सवारी सधानको भाडा दर हो। डिलक्स र सुपर डिलक्सको भाडा यो भन्दा बढी रहेको छ।
यस्तै काठमाडौँ-नेपाल नेपालगन्जका लागि १८२०, काठमाडौँ-धनगढी २३४७, काठमाडौँ-तुलसीपुर १५०२, काठमाडौँ-विराटनगर १८५२, काठमाडौँ-भद्रपुर २०८०, काठमाडौँ-महेन्द्रनगर २०६६ पुगेको छ।
यसैगरी काठमाडौँ-बैतडी ३१६८, काठमाडौँ-मोरङ १९६४ भडादर पुगेको छ। यो नर्मल सवारी सधानमा हो। नर्मलबाहेकको सवारी सधानमा यो भन्दा बढी भाडा तोकिएको छ।
मंगलबार सरकारले सार्वजनिक सवारीको भाडामा १६.७१ प्रतिशत, माल वहाक सवारी साधनको २१.६८ प्रतिशत (पहाडि रुट) र तराई रुटमा चल्ने माल वहाक सवारीको भाडा १५.७५ प्रतिशतले बढाएको थियो।
हेर्नुहोस् कहाँबाट कहाँ पुग्न कति भाडा लाग्छ?
भर्खरै
लोकप्रिय
