अस्पताल क्यान्टिनमा खाद्य स्वच्छता कायम गर्न महानगरको ‘फुड सेफ्टी बुट क्याम्प’

अस्पताल क्यान्टिनमा खाद्य स्वच्छता कायम गर्न महानगरको ‘फुड सेफ्टी बुट क्याम्प’
+
-
देशसञ्चार AI सारांश
  • काठमाडौँ महानगरपालिकाले अस्पतालभित्रका क्यान्टिनमा खाद्य स्वच्छता सुधार्न ‘फुड सेफ्टी बुट क्याम्प’ सञ्चालन गरेको छ।
  • क्यान्टिनका समस्याहरूका कारण बिरामीको स्वास्थ्यमा जोखिम बढेकाले व्यवसायीलाई तालिम दिई सुधार ल्याउन खोजिएको छ।
  • सहभागी व्यवसायीहरूले बुट क्याम्पलाई उपयोगी मानेका छन् भने महानगरले सुधारमा जोड दिनेको उद्देश्य लिएको छ।

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अस्पतालभित्र सञ्चालित चमेना गृह, भोजनालय र क्यान्टिनलाई सुरक्षित, स्वच्छ र उपभोक्तामैत्री बनाउन खाद्य स्वच्छतासम्बन्धी ‘फुड सेफ्टी बुट क्याम्प’ सञ्चालन गरेको छ।

अस्पताल क्यान्टिनमा सरसफाइको अभाव, गुणस्तरहीन खाना र असुरक्षित भण्डारणजस्ता समस्या देखिएपछि क्यान्टिन सञ्चालकमा जागरण ल्याउन यस्ता कार्यक्रम गर्न लागिएको हो।

अनुगमनका क्रममा काँचो र पाकेका खाना सँगै राखिने, खाना खुला राखिने तथा कीट नियन्त्रण कमजोर हुने अवस्थाले बिरामी र सेवाग्राहीको स्वास्थ्यमा जोखिम बढाएको पाइएको छ।

यस्ता जोखिम कम गर्न र ‘विश्व स्वास्थ्य संगठन’को मापदण्डअनुसार व्यवसायीलाई तालिम दिने उद्देश्यसहित बुट क्याम्प सञ्चालन गरेको महानगरले बताएको छ। ‘विरामी निको पार्न सहयोग गर्ने मान्छे नै विरामी नहोस्’ भन्ने सन्देशका साथ आयोजना गरिएको कार्यक्रममा व्यवसायीलाई कानुनी, प्राविधिक तथा स्वच्छता सम्बन्धी विशेष प्रशिक्षण दिइएको थियो।

महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले खाद्य स्वच्छतामा सरकार र व्यवसायी दुवैको समान भूमिका रहने उल्लेख गर्दै दुवैको सहकार्यबाट मात्रै स्वच्छता कायम गर्न सकिने बताए। उनले हामीलाई धेरै कुरा थाहा हुन्छ, तर व्यवहारमा कार्यान्वयन नगर्दा कारवाहीको भागिदार बन्नुपर्ने अवस्था आउन सक्ने बताए। एक महिनाभित्र व्यवसाय अनुगमन गरिने जानकारी समेत दिँदै कारवाहीभन्दा पनि सुधार नै महानगरको उद्देश्य भएको न्यौपानेले स्पष्ट पारे।

महानगरका विज्ञ सल्लाहकार जीवनप्रभा लामाले कारवाहीले कारवाही मात्र हुने रहेछ त्यसैले कारवाहीसँगै व्यवसायीलाई सचेत र जिम्मेवार बनाउन आवश्यक महसुस गरेर बुट क्याम्प शुरू गरिएको बताए। राम्रो काम गर्ने व्यवसायीलाई सहयोग गर्न आफू तयार रहेको उनले बताए।

प्रशिक्षक नवीन कर्माचार्यले खाद्य स्वच्छतामा जैविक, रासायनिक र भौतिक जोखिमबाट बचाउने उपायबारे जानकारी दिँदै उपभोक्तामा कुनै नकारात्मक असर नपर्ने गरी खाना तयार गर्नुपर्नेमा जोड दिए। त्यस्तै डा. आलोक श्रेष्ठले खाद्य पदार्थ भान्छामा प्रवेश गर्नु अघिदेखि नै स्वच्छ हुनुपर्ने बताए।

कार्यक्रममा सहभागी व्यवसायीहरूले पनि बुट क्याम्पलाई उपयोगी बताएका छन्। वीर अस्पतालकी डाइटिसियन सजना दाहालले व्यवहारमा छुटेका पक्षलाई सुधार्न कार्यक्रमले प्रेरणा दिएको बताए। भ्याल्ली हस्पिटल पुतलीसडकका क्यान्टिन सञ्चालक राज चौधरीले तापक्रम व्यवस्थापन र अनुगमन जस्ता विषयमा नयाँ ज्ञान प्राप्त भएको प्रतिक्रिया दिए।

काठमाडौँ मोडल हस्पिटलका एक्जुकेटिभ सेफ भक्तबहादुर श्रेष्ठले क्यान्टिन सञ्चालनका लागि अस्पतालको क्षमता अनुसार मापदण्ड निर्धारण गर्नुपर्ने आवश्यकता औंल्याए। महानगरभित्रका ५७ अस्पतालका ५९ क्यान्टिनबाट ७४ जनाको सहभागिता रहेको उक्त बुट क्याम्प अन्तरक्रियात्मक रहेको थियो। सहभागीहरूले आफ्नो अनुभव, समस्या र अभ्यासबारे खुला छलफल गरेका थिए।

महानगरले यस्तो कार्यक्रममार्फत खाद्य व्यवसायलाई सुरक्षित र स्वच्छ बनाउन जागरण ल्याउने लक्ष्य लिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…