महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग

महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग
+
-

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिहीबार पूर्वसभामुख महरा, उनका छोरा राहुल महरा, सहसचिव अरुण पोखरेल, चार विदेशी नागरिक तथा एक नेपाली कम्पनीसहित २९ जना अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।

अख्तियारले उनीहरुसँग ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बिगो दाबी गरेको पनि लामिछानेले जानकारी दिए। प्रवक्ता लामिछानेका अनुसार मुद्दामा संलग्नलाई ‘मुख्य मतियार’ र ‘कसुरका सहयोगी’ गरी दुई वर्गमा विभाजन गरेर अभियोगपत्र दायर गरिएको छ।

मुद्दामा उनीहरुले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भेपको आवरणमा ८ किलोग्रामभन्दा बढी सुन भित्र्याई भन्सार छली, हिनामिना तथा गैरकानुनी रूपमा रूपान्तरण र हस्तान्तरण गरिएको अभियोग लगाइएको छ।

महरासहितका प्रतिवादीहरुले उक्त कार्यमार्फत राज्यलाई नोक्शानी पुर्‍याई व्यक्तिगत लाभ लिएको अख्तियारले दाबी गरेको पनि प्रवक्ता लामिछानेले बताए।

२०७९ सालमा चिनियाँ समूहले भेपमार्फत सुन तस्करी गर्दा महरा र उनका छोराको कनेक्सन भेटिएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…