पेट्रोल, डिजेलसँगै ग्यासको मूल्यमा भारी वृद्धि

पेट्रोल, डिजेलसँगै ग्यासको मूल्यमा भारी वृद्धि
फाइल तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर १७ रुपैयाँ र डिजेल/मट्टितेल २५ रुपैयाँले बढाएको छ।
  • हवाई इन्धन (आन्तरिक) पनि प्रति लिटर ६ रुपैयाँले वृद्धि भई एलपी ग्यास २०१० रुपैयाँ पुगेको छ।
  • इन्धन आपूर्तिमा समस्या उत्पन्न हुने भन्दै निगमले उपभोक्तालाई मितव्ययी ढंगले प्रयोग गर्न आग्रह गरेको छ।

काठमाडौँ- पेट्रोल, डिजेलसँगै खाना पाकाउने एलपी ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल आयल निगमले भारतबाट मूल्य बढेर आएको भन्दै बिहीबार नयाँ मूल्य कायम गरेको हो।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि भएको छ। अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।

नयाँ मूल्यअनुसार अब १४.२ केजी ग्यासको मूल्य २०१० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक) पनि प्रति लिटर ६ रुपैयाँले बढाइएको छ। बढेको मूल्य बिहीबार राती १२ बजेपछि लागू हुनेछ।

मूल्य वृद्धि गरे पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने जनाइएको छ। निगमले निरन्तर घाटा बढेमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ।

मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको ढुवानीमा समस्या भएपछि अहिले विशेष एसिया क्षेत्रमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ।

नेपालमासमेत पेट्रोलियम पदार्थको अभाव भएपछि सरकारले दुई दिन आइतबार र शनिबार बिदा दिन सुरु गरेको छ। यसअघि तीनपटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो।

सरकारले चैत २४ गते मूल्य अत्यधिक बढेको भन्दै कम मूल्य बनाउन भन्सार महशुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुटसमेत दिएको थियो।

यस्तो छ निगमको विज्ञप्ति

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…