राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन
+
-
देशसञ्चार AI सारांश
  • राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गरेपछि राष्ट्रियसभाले धन्यवाद ज्ञापन प्रस्ताव पारित गरेको छ।
  • प्रधानमन्त्रीले संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधनको प्रति टेबुल गर्नुका साथै परिषद्को कार्यविभाजन हेरफेरको पत्र प्रस्तुत गरे।
  • मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राति १२ बजेबाट लागू हुनेगरी चालु अधिवेशन अन्त्य गरेका छन्।

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि राष्ट्रियसभाले धन्यवाद ज्ञापन गरेको छ। सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राखेकाे धन्यवादको प्रस्तावलाई सभाले सहमति जनाएको हो।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज अपराह्न ३ः०० बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए। त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबुल गरे।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेरसम्बन्धी पत्रको व्यहोरा सुनाए। सभामा अध्यक्ष दाहालले संसदीय सुनुवाइ समितिमा सदस्यहरू आनन्दप्रसाद ढुङ्गाना, नरबहादुर विष्ट र प्रेमप्रसाद दङ्गाल तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा सदस्यहरू किरणबाबु श्रेष्ठ, मदनकुमारी शाह (गरिमा) र डा अञ्जान शाक्यलाई मनोनीत गरिएको जानकारी दिए। उक्त मनोनयलाई सभाले सहमति जनाएको छ।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रिपतिको कार्यालयबाट प्राप्त चालु २०औँ अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा जानकारी गराए। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को यही चैत २४ गतेको सिफारिसमा आजै राति १२ः०० बजेदेखि लागू हुनेगरी सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…