काठमाडौं — लायन्स क्लब अफ काठमाडौं होलिस्टिक माइन्ड्सको वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ।
क्लबकी अध्यक्ष नानीशोभा श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा आगामी वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ।
निर्वाचनबाट अध्यक्षमा उद्धव बोगटी चयन भएका छन् भने प्रथम उपाध्यक्षमा अञ्जली प्रधान, सचिवमा मीना बस्नेत र कोषाध्यक्षमा पुण्यवती गौतम चयन भएका छन्।
कार्यक्रममा क्लबकी संस्थापक अध्यक्ष बिपुला श्रेष्ठले क्लब स्थापना भएको समयदेखि हालसम्म संस्थाले गरेका उत्कृष्ट कार्यहरूको स्मरण गर्दै संगठनलाई यस स्तरसम्म पुर्याउन सबैको योगदान महत्वपूर्ण रहेको बताइन्।
उनले विशेषगरी वर्तमान अध्यक्ष नानी शोभा श्रेष्ठको कार्यकालमा क्लबले उल्लेखनीय तथा उत्कृष्ट कार्यहरू सम्पन्न गरेको उल्लेख गरिन्। साथै, नव-निर्वाचित कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिन्।
नवनिर्वाचित अध्यक्ष उद्धव बोगटीले आफ्नो कार्यकालमा आध्यात्मिक तथा मानसिक स्वास्थ्यसम्बन्धी उत्कृष्ट सेवा कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा क्लबका वरिष्ठ सदस्य आदर्श प्रधान, दीपा मानन्धर तथा सदस्य मोहन गौतम लगायतको उपस्थिति थियो।
भर्खरै
लोकप्रिय
