गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण

गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
+
-
देशसञ्चार AI सारांश
  • कृषि मन्त्री चौधरीको निर्देशमा गहुँ र चैत धानको न्यूनतम समर्थन मूल्य क्रमशः २,८५६ र ३,९४५ रुपैयाँ निर्धारण गरिएको छ।
  • १८ प्रतिशत चिस्यान भएको धान मात्र समावेश हुने र अधि‍क भएमा वज़न घटाएर मूल्य निर्धारण गरिने नियम लागू गरिनेछ।
  • गत वर्षभन्दा गहुँको मूल्य ७७ रुपैयाँ ६२ पैसा र धानको मूल्य ५५ रुपैयाँ ८ पैसा बढाइएको कृषि मन्त्रालयले जनाएको छ।

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

कृषि तथा पशुपन्छी विकास गीता मन्त्री चौधरीको निर्देशमा मन्त्रालयले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।

चालु आर्थिक वर्षमा गहुँ र धानको मूल्य क्रमशः दुई हजार आठ सय ५६ रुपैयाँ ४९ पैसा प्रतिक्विटल र तीन हजार नौ सय ४५ रुपैयाँ प्रतिक्विटल मूल्य निर्धारण गरिएको कृषि मन्त्रालयले जनाएको छ । यो मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन हो ।

१८ प्रतिशत भन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल एक किलो दुई सय ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ । गत वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विटल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको प्रतिक्विटल ५५ रुपैयाँ आठ पैसा वृद्धि भएको हो ।

गत आर्थिक गत वर्षमा गहुँको मूल्य तीन हजार आठ सय ६७ रुपैयाँ ३८ पैसा प्रतिक्वीन्टल र चैते धान दुई हजार आठ सय रुपैयाँ ६९ पैसा प्रतिक्विटल रुपैयाँ थियो ।

सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न र उत्पादन वृद्धि प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…