- जेनजी आन्दोलनको क्रममा मधेस प्रदेशमा फरार भएका कैदीबन्दीमध्ये ४९७ जना अझै पक्राउ परेका छैनन्।
- कारागारबाट १०४५ र बालसुधार गृहबाट ६८ जना फरार हुँदा प्रहरीले हालसम्म क्रमशः ५९६ र २० जना समातेका छन्।
- सप्तरी, महोत्तरी, रौतहटका फरार मध्ये क्रमशः ७५, २५१, १२३ जना कैदीबन्दी अझै गिरफ्तारीमा छैनन्।
जनकपुरधाम – जेनजी आन्दोलनको क्रममा मधेस प्रदेशको विभिन्न कारागार तथा बालसुधार गृहबाट भागेकामध्ये करिब पाँच सय कैदी अझै पक्राउ परेका छैनन् ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार जेनजी आन्दोलनको क्रममा गत भदौ २३ गते कारागार तथा बालसुधार गृहबाट भागेकामध्ये ४९७ जना अझै फरार रहेका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाका अनुसार ४४९ जना कैदी/बन्दी पक्राउ पर्न बाँकी रहेका छन् भने बालसुधारबाट फारार भएकामध्ये ४८ जना पक्राउ पर्न बाँकी रहेका छन् ।
जेनजी आन्दोलनको क्रममा कारागारबाट १०४५ जना फरार भएका थिए भने बालसुधार गृहबाट ६८ जना फरार भएका थिए ।
प्रवक्ता थापाका अनुसार हालसम्म कारागारबाट फरार भएकामध्ये ५९६ जना र बालसुधार गृहबाट फरार भएकामध्ये २० जनालाई प्रहरीले पक्राउ पर्न सफल भएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको तथ्यांक अनुसार सप्तरीको कारागारबाट २०५ जना, महोत्तरीको कारागारबाट ५७६ जना र रौतहटको कारागारबाट २६४ जना फरार भएका थिए । जसमध्ये सप्तरीका १३० जना, महोत्तरीको ३२५ जना र रौतहटका १४१ जना पक्राउ परेका छन् । सप्तरीमा ७५ जना, महोत्तरीमा २५१ ज्ना र रौतहटमा १२३ जना पक्राउ पर्न बाँकी रहेको छ ।
यस्तै, पर्सा स्थित रहेको बालसुधार गृहबाट ६८ जना फरार भएकोमा हालसम्म २० जना पक्राउ परेका छन् । फरारमध्ये ४८ जना अझै पक्राउ पर्न बाँकी छ ।
भर्खरै
लोकप्रिय
