नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पूरा, तथ्य अझै रहस्यकै गर्भमा

नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पूरा, तथ्य अझै रहस्यकै गर्भमा
+
-
देशसञ्चार AI सारांश
  • नारायणहिटी दरबार हत्याकाण्डले दुई दशक बित्दा समेत यसका घटनाहरू रहस्यमय र अनुत्तरित नै रहेका छन्।
  • छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहराए पनि सर्वसाधारणहरूले यो निष्कर्ष स्वीकार्न सकेका छैनन्।
  • नारायणहिटी दरबारलाई संग्रहालयमा परिणत गरिँदा, यो काठमाडौँका प्रमुख पर्यटकीय स्थलमध्ये एक भएको छ।

काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पूरा भएको छ।

विक्रम सम्वत् २०५८ साल जेठ १९ गते राति पारिवारिक जमघटका क्रममा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिलगायत ११ जनाको दरबारभित्रै विभत्स हत्या भएको थियो।

उक्त दुःखद घटनाको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि यसको यथार्थ अझै पनि रहस्यमय नै बनेको छ।

घटना लगत्तै तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो।

उक्त समितिले तयार पारेको प्रतिवेदनमा युवराज दीपेन्द्रले नै परिवारका सदस्यहरूको हत्या गरी आफैँलाई गोली हानेर आत्महत्या गरेको उल्लेख छ।

तर, समितिको यो निष्कर्षलाई अधिकांश सर्वसाधारणले अहिलेसम्म पत्याउन सकेका छैनन्। गणतन्त्र स्थापनापछि बनेका हरेक सरकार र प्रधानमन्त्रीहरूले दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै ठोस अनुसन्धान वा नयाँ तथ्य सार्वजनिक हुन सकेको छैन।

नेपालमा २४० वर्ष लामो शासन गरेको राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि, ठूलो नरसंहारको साक्षी बनेको नारायणहिटी राजदरबारलाई अहिले संग्रहालयको रूपमा परिणत गरिएको छ।

वि.सं. २०६५ साल माघ १६ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको नारायणहिटी दरबार संग्रहालय हाल प्रमुख पर्यटकीय स्थलका रूपमा विकास भएको छ।

विशेष गरी काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू ऐतिहासिक कौतुहलताका कारण यहाँ पुग्ने गरेका छन्।

स्थापनाकालदेखि हालसम्म लाखौँ पर्यटकले यसको अवलोकन गरिसकेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…