काम सकेर फर्कियो लाम्पाटा झडप जाँचबुझ समिति

काम सकेर फर्कियो लाम्पाटा झडप जाँचबुझ समिति
+
-
देशसञ्चार AI सारांश
  • गृहमन्त्रालयद्वारा गठित जाँचबुझ समिति हुम्ला र बाजुरा झडपको वास्तविकता बुझेर फिर्ता भएको छ।
  • एसएसपी विमलराज कँडेलको नेतृत्वमा चार सदस्यीय टोलीले सीमा क्षेत्रका नागरिक र नेताहरूसँग छलफल गर्‍यो।
  • सीमा विवादले उग्र रूप लिएपछि बाजुराका चार जना घाइते भएका थिए, जसको हेलिकोप्टरबाट उद्धार गरियो।

हुम्ला – हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको झडपका लागि गृहमन्त्रालयद्वारा गठित जाँचबुझ समिति आफ्नो काम सकेर फर्किएको छ।
हुम्लामा काम सकेर फिर्ता भएको सो टोली बाजुराको सदरमुकाम मार्तडीमा पनि जाँचबुझ गरेर धनगढीतर्फ फिर्ता भएको हो।

घटनाको यथार्थ कुरा बुझ्न प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी ) विमलराज कँडेलको नेतृत्वमा सुर्खेतबाट कोल्टी हुँदै आएको टोली कवाडीबाट लाम्पाटा क्षेत्रमा पुगेर हुम्ला आएको र घटनाबारे बुझेर हुम्लावाट फिर्ता भई बाजुराको मार्तडीमा पुगेको थियो।

उनको नेतृत्वमा चार सदस्यीय टोली घटनाबारे बुझ्न आएको थियो। घटनाको यथार्थ बुझेको र अब प्रतिवेदन तयार पारी मन्त्रालयमा पेस गरिने उनले बताए।

उक्त टोलीमा प्रहरी नायव निरीक्षक सुगन्ध श्रेष्ठ र प्रहरी निरीक्षकद्वय अनोज विक र माधव विक थिए।

उनको टोलीले दुवै जिल्लामा जाने क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवासँग घटनाबारे छलफल गरेका थिए।

यसअघि सो टोली झडप भएको क्षेत्र लाम्पाटा र च्या चौरमा पुगेको थियो। जेठ २ गतेदेखि ४ गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका स्थानीयबीच भएको झडपले उग्रहरुप लिएपछि गृह मन्त्रालयले टोली गठन गरेको थियो।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले चालीस लाख रुपैयाँ बजेट विनियोजन गरेर उक्त क्षेत्रमा प्रहरी चौकी निर्माण सुरु गरेपछि विवाद भएको हो।
सीमा विवादले उग्ररुप लिँदा लाम्पाटामा दुई जिल्लाका स्थानीयबीच झडप भएप्छि बाजुराका चार जना घाइते भएका थिए।

घाइते चारै जनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो। सोही विवाद समाधान गर्न यही जेठ ११ गते सरकारले नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा सीमा क्षेत्र अध्ययन टोली र गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपी कँडेलको संयोजकत्वमा घटनाको छानविनका लागि छुट्टाछुट्टै समिति गठन गरिएको छ। यो विवादलाई लिएर हुम्लाका २३ जना बाजुराका हिमाली गाउँपालिकाका अध्यक्ष सहित २८ जना बिरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…