हुम्लामा पनि मनाइयो विश्व वातावरण दिवस

हुम्लामा पनि मनाइयो विश्व वातावरण दिवस
+
-
देशसञ्चार AI सारांश
  • ‘समृद्ध भविष्यको आधार ः जलवायु एवं प्रकृतिमैत्री’ नाराका साथ हिम्लामा विश्व वातावरण दिवस बिरुवा रोपण गरी मनाइएको छ।
  • देवदार, सल्ला, धुपी, ओखर र चुलीका विभिन्न पाँच प्रकारका बिरुवा विद्यालय परिसरमा लगाइएका छन्।
  • सहभागीहरूले छात्रलाई बिरुवा हेरचाहको जिम्मेवारी र एक महिने भत्ता तथा स्टेस्नरीका रूपमा सहयोग प्रदान गरेका छन्।

हुम्ला – पाँच प्रकारका बिरुवा विद्यालयमा लगाएर विश्व वातावरण दिवस हुम्ला जिल्लामा मनाइएको छ। ‘समृृद्ध भविष्यको आधार ः जलवायु एवं प्रकृतिमैत्री’ भन्ने मूल नाराका साथ सिमकोट गाउँपालिकाको मानसरोवर माध्यमिक विद्यालयको हातामा विभिन्न बिरुवाको बोट लगाएर सो दिवस मनाइएको हो।

पाँच प्रकारका बिरुवा लगाएर विश्व वातावरण दिवस मनाउने कार्यक्रम सम्पन्न भएको डिभिजन वन कार्यालयकले जनाएको छ।

विद्यालयमा हरियाली बनाउनका लागि विद्यालयको हातामा बृक्षरोपण गरिएको हो। विद्यालयको हातामा देवदार, सल्ला, धुपी, ओखर र चुलीका बिरुवाहरू लगाउने कार्य गरिएको हो।

बृक्षरोपण गर्ने कार्यक्रम जिल्ला समन्वय समितिका प्रबक्ता सरिता रावत, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला भाम रोकाया, सुरक्षा निकायका प्रमुख, फेकोपनका अध्यक्ष, कार्यालय प्रमुख, राजनीति दलका नेताहरू, उद्योग बाणिज्य संघका अध्यक्ष लगाएतको सहभागिता थियो।

सो कार्यक्रममा आफुले लगाएका बिरुवाको हेरचाह गर्ने जिम्मा उक्त विद्यालयमा अध्ययनरत छात्रलाई एक महिनाको लागि दुई हजार रुपैयाँ दिने गरी लगाएको प्रजिअ रेग्मी बताए।

त्यसैगरी, अन्य बिरुवाको हेरचार विद्यालय परिवारले गर्नेछ। सो अवसरमा उक्त विद्यालयको छात्रवासमा अध्ययन गर्दै आउनु भएको पचास जना बिधार्थीहरूलाई स्टेस्नरी समेत डिभिजन बन कार्यालयले सहयोग गरेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…