फाइभ ए साइड महिला हक्कीको उपाधि आर्मीलाई, गण्डकी प्रदेश ५–३ गोलअन्तरले पराजित हुँदै उपविजेतामा सीमित

फाइभ ए साइड महिला हक्कीको उपाधि आर्मीलाई, गण्डकी प्रदेश ५–३ गोलअन्तरले पराजित हुँदै उपविजेतामा सीमित
+
-
देशसञ्चार AI सारांश
  • त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ५–३ गोल अन्तरले पराजित गर्दै जिपी कोइराला फाइभ ए साइड महिला हकी च्याम्पियन्सीप जितेको छ।
  • उपाधिसँगै आर्मीले ५० हजार रुपैया हात पारेको छ भने गण्डकीले २५ हजार रुपैयाँ पायो।
  • आर्मीकी सविना केसी प्लेयर अफ द टुर्नामेन्ट घोषित भएकी छन् र लक्ष्मनीयाँ दास उदयीमान खेलाडी भइन्।

माेरङ – जिपी कोइराला फाइभ ए साइड महिला हकी च्याम्पियन्सीपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ।

विराटनगरस्थित सायस फुटसल एरिनामा शनिबार भएको उपाधि भिडन्तमा आर्मीले गण्डकी प्रदेशलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसंगै आर्मीले ५० हजार रुपैया हात पारेको छ। कोशी प्रदेशमा पहिलोपटक आयोजित महिला हक्कीको उपाधि हात पार्ने क्रममा आर्मीका लागि निलिमा पाण्डेले तीन र सुनिता नेगीले दुई गोल गरेकी थिइन्। गण्डकीका लागि मयुरी राईले दुई र सोनु बरालले एक गोल गरेकी थिइन्।

च्यम्पियन्सीपमा आर्मीकी सविना केसी प्लेयर अफ द टुर्नामेन्ट घोषित भइन्। त्यसैगरि, उदयीमान खेलाडी मधेश प्रदेशकी लक्ष्मनीयाँ दास भइन्। च्याम्पियन्सीप आयोजक जिपी कोइराला स्पोर्टस एकेडेमीका रञ्जन थापाले उपविजेतामा सीमित बनेको गण्डकी प्रदेशले ३० हजार रुपैया हात पारेको जानकारी दिए।

च्याम्पियन्सीपमा घरेलु टोली कोशी प्रदेशसहित गण्डकी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश सहभागी थिए। त्यसैगरि, विभागीयतर्फबाट आर्मीले सहभागिता जनाएको थियो। विजयी टोली र खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्त अर्यालले पुरस्कार वितरण गरेका थिए।

उपाधि हात पारेको आर्मीको टोलीले च्याम्पियन्सीपको सबै ४ खेलमा जित हात पारेको थियो। त्यसैगरी, ४ खेलमा २ मा जिते हात पारेको गण्डकीले एकमा हार र एकमा बराबरी खेलेको थियो। च्याम्पियन्सीपमा कोशी प्रदेशको टोली ४ अंकसहित चौथो स्थानमा सीमित भयो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…