ठमेलको बारमा गायक सुशान्त केसीसँगै भेटिए आयुष्मान खुराना

ठमेलको बारमा गायक सुशान्त केसीसँगै भेटिए आयुष्मान खुराना
+
-

काठमाडौं-  बलिउड अभिनेता तथा गायक आयुष्मान खुराना शनिबार राति ठमेलको एउटा बारमा भेटिएका छन्। उनी ‘थर्टी थ्री डिग्री वेस्ट स्काइबार’ क्लबमा गायक सुशान्त केसीसँगै गफगाफ गरिरहेको देखिएका छन्।

उक्त बारको दोस्रो एनिभर्सरी सेलिब्रेसनमा पाहुनाको रुपमा खुराना सहभागी भएका थिए।

नेपालमा समेत राम्रै फ्यान भएका खुरानासँग नेपाली प्रशंसकहरू रमाउँदै गरेको भिडियो प्राप्त भएको छ।

सन् २०१२ मा फिल्म ‘विकी डोनर’ बाट अभिनेताका रूपमा डेब्यु गरेका अनुष्मान दम लगा के हैशा, अन्धाधुन, बधाई हो, आर्टिकल १५, ड्रिम गर्ल, बाला, शुभ मंगल ज्यादा सावधान र डाक्टर जी जस्ता फिल्ममा देखिएका छन्।

उनी लोकप्रिय गायक पनि हुन्। ‘विकी डोनर’ फिल्मको चर्चित गीत ‘पानी दा रंग’ उनैले गाएका थिए भने सोही गीतका लागि उनले फिल्मफेयर उत्कृष्ट पुरुष पाश्र्वगायक पुरस्कार पनि जितेका थिए। अन्य केही गीतहरूमा पनि उनले आवाज दिएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…