गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबीच काइरोमा वार्ता

गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबीच काइरोमा वार्ता
+
-
देशसञ्चार AI सारांश
  • हमासले काइरोमा गाजा युद्धविराम सम्झौताको कार्यान्वयन र भावी व्यवस्थापनबारे औपचारिक छलफल सुरु गरेको जनाएको छ।
  • बैठकको मुख्य उद्देश्य युद्धविराम सम्झौताको पहिलो चरणमा भएका सहमतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्नु रहेको छ।
  • दोस्रो चरणमा अन्तर्राष्ट्रिय शान्ति बलको भूमिका र प्यालेस्टिनी हतियारसम्बन्धी समाधान खोज्ने प्रयास गरिनेछ।

हमासले शनिबार इजिप्टको राजधानी काइरोमा प्यालेस्टिनी विभिन्न पक्ष तथा मध्यस्थकर्तासँग गाजा युद्धविराम सम्झौताको कार्यान्वयन र गाजा क्षेत्रको भावी व्यवस्थापनबारे औपचारिक छलफल सुरु गरेको जनाएको छ।

हमासका प्रवक्ताले सञ्चारकर्मीसँग बैठकको मुख्य उद्देश्य युद्धविराम सम्झौताको पहिलो चरणमा भएका सहमतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्नु रहेको बताए।

उनका अनुसार यसमा सैन्य गतिविधि तथा तनावको अन्त्य, लक्षित आक्रमण रोक्ने, सीमा नाका सञ्चालनमा ल्याउने तथा राष्ट्रिय समितिलाई गाजामा प्रवेशको अनुमति दिने विषय समावेश छन्।

उनले थप जानकारी दिँदै दोस्रो चरणका विषयमा पनि छलफल हुने बताउनुभयो। यस क्रममा अन्तर्राष्ट्रिय शान्ति बल वा प्राविधिक समितिको भूमिकाबारे विचार–विमर्श गरिनुका साथै प्यालेस्टिनी हतियारसम्बन्धी विषयमा सबै पक्षलाई स्वीकार्य हुने समाधान खोज्ने प्रयास गरिनेछ।

हमासले प्यालेस्टिनी जनताको हितलाई सर्वोच्च प्राथमिकतामा राखेको र गाजामा पुनः द्वन्द्व सिर्जना हुन सक्ने कुनै पनि कारण हटाउने प्रयास गरिरहेको उनले बताए।

गाजास्थित हमास नेतृत्वको प्रतिनिधिमण्डल तथा अन्य प्यालेस्टिनी पक्षका प्रतिनिधि शुक्रबार काइरो पुगेका थिए। वार्ता केही दिनसम्म जारी रहने अपेक्षा गरिएको छ।

यी घटनाक्रम अक्टोबर २०२५ मा भएको युद्धविराम सम्झौताको कार्यान्वयन अझै पूर्ण रूपमा हुन नसकेको अवस्थाबीच भएका हुन्। सम्झौताका महत्वपूर्ण पक्षहरू, जस्तै निःशस्त्रीकरण र पुनर्निर्माण, अझै प्रक्रियामै छन्।

युद्धविरामको पहिलो चरणअन्तर्गत बन्दीहरूको आदानप्रदान, गाजामा मानवीय सहायता प्रवेश तथा केही क्षेत्रबाट सैनिक फिर्ता गर्ने व्यवस्था गरिएको थियो।

जनवरी महिनाको मध्यतिर युद्धविरामको दोस्रो चरण सुरु भएको घोषणा गरिएको थियो। यस चरणमा सैनिक फिर्ती, निःशस्त्रीकरण, पुनर्निर्माण तथा अन्तरिम प्रशासनिक संरचना गठन गर्ने विषयहरू समावेश छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…