भुटानमा ५.३ म्याग्निच्युडको भूकम्प, नेपालसहित पाँच देशमा धक्का महसुस

भुटानमा ५.३ म्याग्निच्युडको भूकम्प, नेपालसहित पाँच देशमा धक्का महसुस
सांकेतिक तस्बिर ।
+
-

काठमाडौँ- भुटानको ऐतिहासिक सहर पुनाखालाई केन्द्रबिन्दु बनाएर आइतबार राति शक्तिशाली भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाली समय अनुसार राति ११:२१ बजे ५.३ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु पुनाखा सहरबाट करिब ५ किलोमिटरको दूरीमा रहेको प्रारम्भिक अनुमान गरिएको छ।

यस भूकम्पको धक्का भुटानमा मात्र सीमित नरहेर आसपासका छिमेकी मुलुकहरूमा समेत महसुस गरिएको थियो। भुटानसहित नेपाल, भारत, बंगलादेश र चीनको केही भूभागमा यसको प्रभाव परेको समाचारमा जनाइएको छ।

नेपालको सन्दर्भमा भने पूर्वी क्षेत्रका भूभागहरूमा भूकम्पको धक्का स्पष्ट रूपमा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टि गरेको छ।

रातिको समयमा धक्का महसुस भएपछि पूर्वी नेपालका कतिपय स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…