कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सांकेतिक तस्बिर ।
+
-

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–५ स्थित सत्कार चोक नजिक डेरा गरी बस्दै आएका एक भारतीय नागरिकलाई कटुवा पेस्तोल तथा विभिन्न शंकास्पद सामानसहित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर भई हाल सत्कार चोक क्षेत्रमा बसोबास गर्दै आएका २४ वर्षीय साहिल खान रहेका छन्।

विशेष सूचनाको आधारमा मंगलबार राति करिब १०:२५ बजे प्रहरीले खानको डेरा कोठामा चेकजाँच गरेको थियो। सो क्रममा उनको कोठाबाट एक थान कटुवा पेस्तोल, एक थान रेन्च, एक थान चाँदीको करुवा, चाँदीजस्तो देखिने घाँटीमा लगाउने दुई थान माला, दुई थान टर्चलाइट, एक थान फलामको रड, एक थान डिजिटल काटा तथा एक थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामानसहित पक्राउ परेका खानलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…