सुस्तामा नेपालीलाई भारतीय सुरक्षकर्मीले हप्कीदप्की गरे, रक्षामन्त्रीको जवाफ चाहियोः हर्क

सुस्तामा नेपालीलाई भारतीय सुरक्षकर्मीले हप्कीदप्की गरे, रक्षामन्त्रीको जवाफ चाहियोः हर्क
+
-
देशसञ्चार AI सारांश
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतीय सीमा सुरक्षा बलले नेपाली नागरिकमाथि गरेको हप्की-दप्कीको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
  • उनले रक्षामन्त्रीसँग नेपाल सरकारले सिमानामा नेपाली सेनालाई अवलोकन गर्न नपठाउने सन्धि भएको भए संसदलाई जानकारी गराउन चेतावनी दिए।
  • अध्यक्ष राईले सीमा सुरक्षामा सरकारको चासोको कमीको आरोप लगाउँदै नेपाली सेनाले सिमाना अवलोकन नगर्नुको कारण खोज्न आग्रह गरे।

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले भारतीय सीमा सुरक्षा बलले सुस्तामा नेपाली नागरिकमाथि हप्कीदप्की गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त सुरक्षा बलले नेपाली नागरिकमाथि हप्कीदप्की गरेको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे रक्षामन्त्रीले तत्काल जवाफ दिनुपर्ने बताए ।

अध्यक्ष राईले नेपाली सेना भने सीमा क्षेत्रमा जानै नहुने के कमस खाएर बसेको छ भनि कटाक्ष समेत गरे । उनले सरकारले यदि नेपाली सेनाले सीमामा गएर अवलोकन गर्न नपाउने कुनै सन्धि सम्झौता भएको भए त्यसको पत्र पनि संसदलाई जानकारी गराउन सचेत गराए । अध्यक्ष राईले आफनो भूमिको लागि नेपाली नागरिकले मात्रै लडनुपर्ने दुखद अवस्था आउँदा पनि सरकारले चासो नदिएको भन्दै आक्रोश पनि व्यक्त गरे ।

उनले भने,‘म एउटा प्रश्न राख्न चाहन्छु-नेपाल सरकारको रक्षामन्त्री को हुुनुहन्छ ? उहाँलाई तपाईले बोलाई दिनुपर्दछ । उहाँलाई म प्रश्न सोध्न चाहन्छु–यो सुस्ता भन्ने ठाउँमा भारतीय पक्षको एसएसवी सशष्त्र सीमा बल जो छ । त्यो सीमा बल आएर नेपाली दाजुभाईलाई हप्कीदप्की गर्दै गरेको र नेपाली दाजुभाई चाँही आफनो भूमिको लागि निहत्था त्यहानिर लडदैभिडदै गरेको अवस्थाको भिडियोहरु सार्वजनिक भएका छन । त्यसतर्फ नेपाल सरकारले र रक्षामन्त्रीले अव प्रधानमन्त्रीजी त हुनुहुन्न । रक्षामन्त्री हुनुहुन्छ भने खोजेर तपाईले ल्याइ दिनु प¥यो । हामी प्रश्न सोध्न चाहन्छौ उहाँलाई । हाम्रो नेपाली सेना चाँही सिमानामा जानै नहुने त्यस्तो के कसम खाएर बसेको रहेछ ? नेपाल सरकारले सीमानमा चिहाउन पठाउन पनि नमिल्ने खालको, अवलोकन गर्न पनि नमिल्ने के करार गरेको रहेछ ? कि त त्यो करार पत्र त्यो सन्धि हामीलाई यहाँ देखाई दिनुप¥यो । सार्वभौम संसद, हामी सबै सार्वभौम सांसद साथीहरु जान्न चाहन्छौँ, बुझन चाहन्छौँ । सूचनाको हक संविधानमा छ । हामीलाई त्यो विषयमा जानकारी होस् । अन्यथा सुरक्षा विनाको खुला सीमाना जस्ले पनि मिच्छ ।’

अध्यक्ष राईले संविधानले सूचनाको हकको व्यवस्था गरेकाले उक्त विषयमा सरकारले संसदलाई यथार्थ कुरा जानकारी गराउनुपर्ने बताए ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…