काठमाडौँ– काभ्रेपलाञ्चोकस्थित बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा घाइते भएकाहरूको परिचय खुलेको छ।
घाइते हुनेहरुमा रोशीकी २२ वर्षीया अनिषा तामाङ, बर्दियाका २५ वर्षीय सुरेशबहादुर तामाङ, रोशीका २० वर्षीया विष्णु डोल्मा तामाङ, ६० वर्षीय डम्बरबहादुर तामाङ, ३० वर्षीय चन्द्र तामाङ, ४३ वर्षीय कृष्णबहादुर तामाङ, १८ वर्षीया रमिता वाइवा, ४० वर्षीय मानव तामाङ, ६२ वर्षीया विष्णुमाया लामा र बनेपाका ३४ वर्षीय घोयासिंह तामाङ रहेका छन्।
यस्तै दुर्घटनामा १ वर्ष र करिब ५/६ वर्षका बालिका र बालक पनि घाइते भएका छन्। एक करिब ६० वर्षीय पुरुषको परिचय खुलेको छैन।
काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विस्टकाअनुसार दुर्घटनामा १५ जना घाइते भएका छन् भने आठ जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न बाँकी छ।
घाइतेहरुको धुलिखेल अस्पतालमा मृत्यु भएको छ।
बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा शुक्रबार दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो।
भर्खरै
लोकप्रिय
