श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सक आन्दोलित

श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सक आन्दोलित
+
-

काठमाडौँ– श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित भएका छन्।

शनिबार काठमाडौँको माइतीघर मण्डलामा हप्तामा एक दिन बिदा दिन र दैनिक १२ घण्टासम्म मात्रै काम गर्ने वातावरण मिलाउन माग गर्दै उनीहरू आन्दोलित भएका हुन्।

उनीहरूले युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गर्न माग गरेका छन्। प्रदर्शनरत एमबिबिएस उत्तीर्ण चिकित्सक डा. प्रज्ञान बस्नेतले आफूजस्ता चिकित्सकहरू राम्रो अंक ल्याएपनि नेपालको उच्च शिक्षामा रहेको शोषणका कारण एमडी अध्ययन गर्न नसकेको बताइन्।

चिकित्सकहरूले लगातार ३६ घण्टासम्म काम गर्नुपर्ने र अहिले देशमा दुई दिन बिदा दिइएको समयमा पनि एक दिन पनि आफूहरुलाई बिदा नदिइएको भन्दै उनले आपत्ति जनाइन्।

मेडिकल माफिया र केही शिक्षण अस्पतालहरुको आम्दानीको श्रोतको लागि देशको मेधावी पुस्ता श्रम शोषणमा परिरहेको उनको जिकिर छ।

देशमा सरकार, मन्त्रीहरु फेरिएर कांग्रेस, कम्युनिष्टबाट जेन–जी र बालेनको सरकार आएपनि चिकित्सकहरुको समस्या जहाँको त्यहीँ रहेको भन्दै उनले दुःख व्यक्त गरिन्।

अधिकतम दिनमा १२ घण्टाको ड्युटि र हप्तामा एक दिन बिदा होस् भन्ने साधारण माग आफूहरुको रहेको उनको भनाइ छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…