अ
+
अ
अ
-
काठमाडौँ – काभ्रे बस दुर्घटनाको छानबिनका लागि प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ।
प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार काभ्रेको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटना भएको थियो। दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।
समितिलाई घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी ७ दिनभित्र छानबिन प्रतिवेदन पेश गर्न भनिएको छ।
भर्खरै
लोकप्रिय
