अ
+
अ
अ
-
काठमाडौँ – राजा महेन्द्रको १०७ औँ जन्मजयन्ती शनिबार काठमाडौँमा मनाइएको छ।
पृथ्वीपथ प्रतिष्ठान, काठमाडौँले आयोजना गरेको कार्यक्रममा राजा महेन्द्रका व्यक्तित्वका विभिन्न पक्षमाथि छलफल गरिएको थियो।
छलफलमा उनको कूटनीतिक सम्बन्ध, उद्योग कलकारखाना स्थापनामा योगदान, नेपालमा विभिन्न शैक्षिक संस्था स्थापनामा उनको योगदानलगायतका विषयमा चर्चा गरिएको थियो।
प्रतिष्ठानका अध्यक्ष भरत बस्नेतले आधुनिक नेपाल निर्माणमा शाह वंशका ठूलो योगदान रहेको उल्लेख गर्दै राजा महेन्द्रले नेपालको राष्ट्रवादको संरक्षण र सन्तुलित कूटनीतिमा खेलेको भूमिकाको सराहना गरेका थिए।
राजा महेन्द्रको जन्म वि.सं. १९७७ जेठ ३० गते भएको थियो। ५१ वर्षको उमेरमा २०२८ सालमा उनको निधन भएको थियो।
भर्खरै
लोकप्रिय
