डिजिटल मार्केटिङको कमाल: मन्दीले सुस्ताएको बिर्तामोडलाई ‘मन्त्र’ र ‘पिके हब’ले दियो गति

डिजिटल मार्केटिङको कमाल: मन्दीले सुस्ताएको बिर्तामोडलाई ‘मन्त्र’ र ‘पिके हब’ले दियो गति
+
-
देशसञ्चार AI सारांश
  • बिर्तामोडमा शनिबार नयाँ डिपार्टमेन्टल स्टोरहरूको उद्घाटनले व्यावसायिक वातावरण फेरियो र बजारमा मानिसहरूको चहलपहल बढ्यो।
  • ‘मन्त्र’ र ‘पिके हब’ ले गुणस्तरीय र आधुनिक सामानहरूको प्रचार गरी उपभोक्ताहरूलाई विभिन्न अफरहरूद्वारा आकर्षित गरे।
  • स्थानीय बजारमा नयाँपन र गुणस्तरीय सामानको मागले आर्थिक गतिविधिहरूसँगै व्यवसायीहरूमा पनि नयाँ ऊर्जा थपेको छ।

झापा- गएको दसैँपछि बजार सुनसान थियो। झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडका व्यापारीहरू फुर्सदिला देखिन्थे र एकापसमा गुनासो गर्दै भन्ने गर्थे, ‘बजारमा किनमेल गर्ने मान्छे कता गए? कतै मन्दीले गर्दा मानिसहरूको क्रयशक्ति नै घटेको त होइन?’ व्यापार–व्यवसाय ठप्प प्रायः हुँदा सर्वसाधारण र व्यवसायी दुवैमा एक किसिमको निराशा छाएको थियो।

तर, बजारको यही सुनसान अवस्थाबीच शनिबार बिर्तामोडको तस्बिर एकाएक बदलियो। बजारमा यस्तो भीडभाड देखियो, जसले पुराना दिनको झझल्को दिलाउँथ्यो। विशेष गरी शनिश्चरे रोडमा खुट्टा हाल्ने ठाउँ थिएन। सवारी साधनहरूको चाप यति उच्च थियो कि ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न र गाडीहरूलाई गति दिन निकै धौ–धौ परिरहेको थियो। मानौँ, नेपालीहरूको महान् चाड दसैँ भर्खरै सङ्घारमा आइपुगेको छ र मानिसहरू सपिङका लागि हतारिएका छन्।

यो अचानक ओइरिएको भीडको पछाडि एउटा विशेष कारण थियो। काठमाडौँलगायत देशका अन्य प्रमुख सहरहरूमा आफ्नो व्यापारिक पहिचान र ख्याती कमाएको एउटा प्रतिष्ठित कर्पोरेट हाउसले झापाको बिर्तामोडमा सुविधासम्पन्न डिपार्टमेन्टल स्टोर खोल्ने तयारी गरेको थियो।

केही दिन अघिदेखि नै सामाजिक सञ्जालमा यसको भव्य उद्घाटन र विशेष अफरहरूको विज्ञापन तीव्र रूपमा भइरहेको थियो। डिजिटल प्लेटफर्ममा गरिएको त्यही प्रचारको प्रभावले शनिबार आसपासका क्षेत्रका बासिन्दा मात्र होइन, टाढा–टाढाबाट पनि उपभोक्ताहरू बिर्तामोडमा ओइरिए।

करिब ४ करोड रुपैयाँको ठूलो लागतमा सञ्चालनमा ल्याइएका ‘मन्त्र’ र ‘पिके हब’ नाम गरेका दुईवटा चेन स्टोरहरूको उद्घाटन शनिबारकै दिन तय गरिएको थियो। उद्घाटनको दिन बिहानैदेखि स्टोरको मूल ढोका अगाडि ग्राहकहरूको लामो लाइन देखियो।

स्टोरभित्र पस्न र सामान हेर्न उत्सुक उपभोक्ताहरूका कारण बिर्तामोड बजार क्षेत्र दिनभरि नै खचाखच बन्यो। लामो समयपछि बजारमा यस्तो रौनक देख्दा छिमेकी व्यवसायीहरू पनि अचम्मित र उत्साहित बनेका थिए।

उक्त स्टोरका प्रोपाइटर प्रियस खरेलका अनुसार, पूर्वी नेपालका उपभोक्ताहरूलाई गुणस्तरीय र आधुनिक सामानहरू एकै छानामुनि उपलब्ध गराउने उद्देश्यले यो स्टोर सुरु गरिएको हो।

उनले आफ्नो स्टोरका अधिकांश सामानहरू विदेशबाट प्रत्यक्ष आयात गरिएका ब्रान्डेड र गुणस्तरीय रहेको दाबी गरे। खरेलले भने, “हामीले आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर सामानहरू छनोट गरेका छौँ, जसले गर्दा ग्राहकले मूल्यअनुसारको उच्च गुणस्तर पाउनेछन्।”

स्टोरभित्र छिरेपछि ग्राहकहरूका लागि विभिन्न सेक्सनहरू छुट्याइएका थिए। आधुनिक किचेन (भान्सा) मा चाहिने अत्याधुनिक सामग्रीहरू, बालबालिकाका लागि खेलौना तथा लुगाकपडाहरू, आकर्षक अन्तर्राष्ट्रिय ब्रान्डका आयातित कपडाहरू, र घरायसी प्रयोजनका अत्याधुनिक विद्युतीय सामानहरू (होम एप्लायन्सेज) मुख्य आकर्षणका रूपमा रहेका थिए। विशेष गरी नयाँ प्रविधिका भान्साजन्य सामान र घरायसी विद्युतीय सामान खरिद गर्न महिला तथा गृहणीहरूको ठूलो आकर्षण देखिएको थियो।

स्टोरमा किनमेल गर्न आएकी बिर्तामोडकी एक स्थानीय गृहणीले आफ्नो उत्साह साट्दै भनिन्, “यसअघि यस्ता सामान किन्न कि त काठमाडौँ धाउनुपर्थ्यो कि त सीमावर्ती भारतीय बजार पुग्नुपर्थ्यो। अब आफ्नै ठाउँमा अन्तर्राष्ट्रिय स्तरको डिपार्टमेन्टल स्टोर खुलेपछि समय र पैसा दुवैको बचत भएको छ।”

लामो समयको आर्थिक सुस्ततापछि ‘मन्त्र’ र ‘पिके हब’ को यो भव्य सुरुआतले बिर्तामोडको व्यावसायिक वृत्तमा एउटा नयाँ तरङ्ग र ऊर्जा थपिदिएको छ।

यसले के देखाउँछ भने, उपभोक्ताहरू नयाँपन, गुणस्तर र सही बजारीकरणप्रति सधैँ आकर्षित हुन्छन्। यो जमघट र उत्साहले आगामी दिनमा बिर्तामोडको आर्थिक गतिविधि पुनः चलायमान हुने आशा जगाएको छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…