नागढुङ्गा-नौबिसे सडक कालोपत्रे पुनः सुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै

नागढुङ्गा-नौबिसे सडक कालोपत्रे पुनः सुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै
+
-
देशसञ्चार AI सारांश
  • देशको पूर्वी र पश्चिमी भागलाई जोड्ने नागढुंगा–नौबिसे–मलेखु सडकमा कालोपत्रे कार्य फेरि सुरु भएको छ।
  • मध्यपूर्वी द्वन्द्वले प्रभावित अलकत्रा आयातमा सुधार भएसँगै रोकिएको सडक कार्य पुनः सञ्चालनमा आएको हो।
  • पुल र सडक कालोपत्रे गर्नाले स्थानीय व्यवसायी र सर्वसाधारणले दैनिक जीवनमा केहि राहत महसुस गरेका छन्।

धार्के- काठमाडौँ प्रवेश गर्ने मुख्य लाइफलाइनको रूपमा रहेको नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा रोकिएको कालोपत्रे (पिच) गर्ने कार्य पुनः सुरु भएको छ ।

मध्यपूर्वमा बढ्दै गएको भू–राजनीतिक तनावका कारण नेपालमा अलकत्रा (बिटुमिन) आयात ठप्प भएपछि यो महत्वपूर्ण सडक विस्तार र पुल निर्माणको काम लामो समयदेखि प्रभावित बनेको थियो । सडक निर्माण व्यवसायी सहदेव खड्काकाअनुसार बिटुमिनको अभावका कारण केही समय ठप्प प्रायः बनेको सडकको काम आयातमा भएको सामान्य सुधारसँगै पुनः सञ्चालनमा ल्याइएको हो ।

हाल अत्यन्तै संवेदनशील र सवारी चाप बढी हुने क्षेत्रहरूलाई प्राथमिकतामा राखेर कालोपत्रे गर्ने काम अगाडि बढाइएको छ । यद्यपि लामो समयको प्रतिक्षापछि कच्चा पदार्थ उपलब्ध भएपनि प्रतिकूल मौसम (वर्षा) का कारण कामलाई सोचेजस्तो गति दिन कठिनाइ भइरहेको व्यवसायी खड्काले बताए । यो सडक खण्ड संघीय राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड्ने सबैभन्दा व्यस्त मार्ग हो । दैनिक हजारौँ सवारी साधन गुड्ने यस सडकमा कालोपत्रे नहुँदा हिउँदमा धुलो र वर्षायाममा हिलोको समस्याले यात्रु तथा स्थानीय बासिन्दा आक्रान्त थिए।

मध्यपूर्वी देशहरूमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थ र बिटुमिन जस्ता निर्माण सामग्रीको विश्वव्यापी आपूर्ति श्रृङ्खला खलबलिँदा नेपालका धेरै विकास निर्माणका आयोजनाहरू प्रत्यक्ष मारमा परेका छन् ।

धार्के बजार क्षेत्रमा पुल र सडक कालोपत्रेको कामले गति लिएसँगै स्थानीय व्यवसायी र सर्वसाधारणले केही राहत महशुस गरेका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…