धनगढी उपमहानगरद्वारा २ हजारभन्दा बढी महिलाको पाठेघर परीक्षण

धनगढी उपमहानगरद्वारा २ हजारभन्दा बढी महिलाको पाठेघर परीक्षण
+
-
देशसञ्चार AI सारांश
  • धनगढी उपमहानगरपालिकाले विशेष स्क्रिनिङ कार्यक्रममा २,३२१ महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरेको छ।

  • परीक्षणमा ३० देखि ४४ वर्ष उमेर समूहका २३३ महिलामा एचपिभी संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ।

  • शिविरमा ४० महिलामा आङ खस्ने समस्या पाइएको र २,२०८ महिलामा स्तन क्यान्सर परीक्षण पनि गरियो।

धनगढी – धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको प्रजनन् स्वास्थ्य सम्बन्धी विशेष स्क्रिनिङ कार्यक्रमअन्तर्गत २ हजार ३ सय २१ महिलाको पाठेघरको मुखको क्यान्सर (एचपिभी डिएनए) परीक्षण गरिएको छ।

परीक्षणका क्रममा २ सय ३३ जनामा एचपिभी संक्रमण (पोजेटिभ) देखिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका अनुसार २०८२ चैत २५ गतेदेखि २०८३ जेठ १० गतेसम्म नगरका २० वटा स्थानमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। शिविरमार्फत पाठेघरको मुखको क्यान्सर, आङ खस्ने, फिस्टुला तथा स्तन क्यान्सरको स्क्रिनिङ गरिएको थियो।

उपमहानगर स्वास्थ्य शाखाका अनुसार एचपिभी डिएनए परीक्षण गरिएका मध्ये करिब १० प्रतिशत महिलामा संक्रमण पुष्टि भएको हाे । उमेर समूहअनुसार हेर्दा ३० देखि ४४ वर्ष उमेर समूहका महिलामा संक्रमणको दर बढी देखिएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए। उनका अनुसार यस समूहमा २ सय २३ जना पोजेटिभ भेटिएका छन् भने ४० वर्षभन्दा माथिका उमेर समूहमा १० जनामा संक्रमण देखिएको छ।

त्यसैगरी, शिविरमा आङ खस्ने समस्याको परीक्षण गरिएकामध्ये ४० जनामा समस्या पहिचान भएको थियो। तीमध्ये १० जनालाई रिङ पेसरी प्रयोग गरी उपचार गरिएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

शिविरअन्तर्गत २ हजार २ सय ८ महिलाको स्तन क्यान्सर तथा फिस्टुला सम्बन्धी परीक्षण पनि गरिएको थियो। परीक्षणमा सहभागी सबै महिलाको नतिजा सामान्य रहेको जनाइएको छ।

उपमहानगरपालिकाले एचपिभी पोजेटिभ नतिजा आउनु भनेको पाठेघरको मुखको क्यान्सर भइसकेको भन्ने अर्थ नलाग्ने स्पष्ट पारेको छ। एचपिभी संक्रमण क्यान्सरको जोखिमसँग सम्बन्धित संकेत भए पनि समयमै थप परीक्षण, परामर्श र आवश्यक उपचारबाट जोखिम न्यूनीकरण गर्न सकिने स्वास्थ्यकर्मीहरूको भनाइ छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…