- धितोपत्र बजार मापक नेप्से परिसूचक आज १२ दशमलव २६ अङ्कले घटेर दुई हजार ७११ दशमलव ७६ मा पुगेको छ।
- कुल ३५० कम्पनीको एक करोड सात लाख ३९ हजार ९९८ कित्ता शेयर रु चार अर्बभन्दा बढीमा कारोबार भएको छ।
- आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहँदा केही कम्पनीका लगानीकर्ताले मुनाफा र केहीले घाटा व्यहोरेका छन्।
काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओरालो लागेर दुई हजार ७११ दशमलव ७६ मा सीमित भएको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९६ अङ्कले ओरालो लागेर ४६६ दशमलव १३ मा सीमित भएको छ। कारोबार भएकामध्ये कूल ७३ कम्पनीको शेयर मूल्य उकालो लागेको छ। एक सय ८८ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १२ कम्पनीको कुनै परिवर्तन भएको छैन।
नेप्सेका अनुसार कूल ३५० कम्पनीको एक करोड सात लाख ३९ हजार ९९८ कित्ता शेयर रु चार अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ मूल्यमा खरिद बिक्री भएको छ। नेप्सेका अनुसार कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ। एनबिबिएल डिवेञ्चर, लक्ष्मी सनराइज बैंक, एसवाई प्यानल नेपाल, रिलायन्स स्पिनिङ मिल्स शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार सोपान फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, एसवाई प्यानल नेपाल र डोल्टी पावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। ग्रीन डेभलपमेन्ट बैंक,रावा इनर्जी डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स, नेपाल पुनरबीमा कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले भने गुमाएका छन्।
भर्खरै
लोकप्रिय
