अ
+
अ
अ
-
देशसञ्चार AI सारांश
- चेक अनादर मुद्दामा पक्राउ परेका सेफ सन्तोष साहलाई ठगीको रकम दाखिला गरेपछि रिहा गरिएको छ।
- साहको सचिवालयले मिथिला थाली र आर्जव होल्डिङ्सबीच २ करोड २५ लाख रुपैयाँको सम्पत्ति खरिद सम्झौता भएको बताएको छ।
- सचिवालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो टोलीको जनकपुरमा पक्राउ आवश्यक नभएको दाबी गरेको छ।
काठमाडौँ- चेक अनादर मुद्दामा पक्राउ परेका सेफ सन्तोष साह मंगलबार रिहा भएका छन्।
ठगीको रकम दाखिला गरेपछि सेफ साह हाजिर जमानीमा रिहा भएका हुन्।
सोमबार साँझ उनी हाजिर जमानीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार साहले ४ लाख ५० हजार रुपैयाँ बिगो रकम बुझाएका हुन्।
प्रहरीले साहलाई ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।
रिहापछि पक्राउ प्रकरणबारे उनको सचिवालयले विस्तृत धारणा सार्वजनिक गरेको छ।
साहले गैरीधारामा रहेको ‘मिथिला थाली’ रेस्टुरेन्ट सञ्चालनका क्रममा आर्जव होल्डिङ्स प्रालिसँग भएको कारोबारलाई लिएर विवाद उत्पन्न भएको थियो।
साहको सचिवालयका अनुसार तत्कालीन समयमा आर्जव होल्डिङ्सले सञ्चालन गर्दै आएको ‘सिला’ रेष्टुरेन्ट आर्थिक समस्यामा परेको, बैंक ऋण तिर्न नसकेको तथा जग्गाधनीले भवन खाली गर्न दबाब दिएको अवस्थामा त्यहाँ रहेका सम्पूर्ण सम्पत्ति खरिद गरेर मिथिला थाली सञ्चालन सुरु गरिएको उल्लेख छ ।
सचिवालयका अनुसार सिला रेष्टुरेन्टको सम्पत्ति खरिदका लागि मिथिला थाली र आर्जव होल्डिङ्सबीच २ करोड २५ लाख रुपैयाँको सम्झौता भएको थियो।
सोही क्रममा आर्जव होल्डिङ्सको तर्फबाट बाँकी रहेको ४० लाख रुपैयाँ घरभाडा र २ लाख ७७ हजार ९९७ रुपैयाँ विद्युत् महसुलसमेत मिथिला थालीले सम्बन्धित पक्षलाई भुक्तानी गरेर सहजीकरण गरेको दाबी गरिएको छ।
सचिवालयले यस प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो टोली जनकपुरसम्म पुगेर पक्राउ गर्नु आवश्यक नभएको तथा सामान्य प्रक्रियामार्फत पनि सम्पर्क गर्न सकिने अवस्थामा पक्राउ गरिएको उल्लेख गरेको छ।
भर्खरै
लोकप्रिय
